arrow

भान्जासँगको कमिशन चक्करले मामाको पद धरापमा

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
mama-bhanja.jpg

काभ्रे । भान्जा सत्यमान लामासँग मिलोमत्तोमा वालुवा तस्करी गरेको आरोपमा तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिंह लामा विरुद्ध अख्तियारमा मुद्दा दर्ता भएको छ ।  सुनकोशी नदीको बालुवा उत्खनन सम्बन्धि बोलपत्रमा उल्लेखित रकमभन्दा कममा वालुवा उत्खनन् गर्न सहमति गर्दै अनियमितता गरेको आरोपमा उनि विरुद्ध आयोगमा उजुरी परेको हो ।

अध्यक्ष तामाङलाई वडा नं २ र ३ का बासिन्दाले बस्ती, विद्यालय र स्वास्थ्यचौकी जोखिममा पर्ने अवगत गराउँदा पनि सुनकोशी नदीको बालुवा उत्खननबारे बोलपत्र आह्वान गरेको र बोलपत्रभन्दा ६० प्रतिशत कम रकममा सम्झौता गरेको आरोपमा स्थानीयवासी डेनी लामाले आयोगमा उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा पालिकाले बालुवा उत्खननका लागि वडा नं २ चुखाबेशी बगरमा रु एक करोड ५० लाख ८६ हजार तथा वडा नं ३ च्युरीआँप बगरमा रु एक करोड ५० लाखमा बोलपत्र आह्वान गरी दुवैको रु ८३ लाखमा दुवाकोट कन्सट्रक्सन एवं शाली नदी निर्माण सेवा प्रालिका निमित्त सञ्चालक सत्यमान लामासँग सम्झौता गरी उत्खनन प्रक्रिया अघि बढाउन लगाएको र बीस प्रतिशत शेयरसमेत गाउँपालिका अध्यक्ष लामाले लिएको  उल्लेख छ ।

“बयानब्बे सेन्टिमिटर मात्रै बालुवा निकाल्नुपर्नेमा ठेकेदारले १० देखि १५ मिटरसम्म बालुवा निकालकाले अख्तियारमा उजुरी हालेका हौँ”, लामाले भने, “बस्ती, विद्यालय र स्वास्थ्यचौकी जोखिममा पारी बोलपत्र आह्वान गरेको पाइयो ।” ठेक्का लिएको कम्पनीले दुई स्थानमा सम्झौता विपरीत बालुवा झिक्दा स्थानीयवासीले उत्खनन बन्द गराएका छन् ।

अध्यक्ष लामाले बोलपत्रभन्दा केही प्रतिशत रकम घटाएर ठेक्का लिएको कम्पनीसँग सम्झौता गरेको स्वीकार्दै विवाद भएपछि बालुवा उत्खनन् बन्द गराएको बताए ।  स्मरण रहोस् गाउँपालिका अध्यक्ष सलाम सिंह लामाले आफ्नो भान्जा पर्ने सत्यमान लामालाई बोलपत्र आव्हान भन्दा कम रकममा ठेक्का दिएका थिए ।

गाउपालिका स्रोतका अनुसार लामाले संझौता गरी मनपरी उत्खनन् गरेपनि ठेक्का संझौता अनुसार बुझाउनु पर्ने रकम भने अझै बुझाएका छैनन् । भान्जाको कमाउँधन्दामा पर्दा गाउँपालिकाको अध्यक्षको पद धरापमा पर्यो एक स्थानीयले भने । वालुवा संझौताको विषयमा उप प्रमुख दुर्गा मायाँ तामाङसँग बुझ्दा उनले आफूहरुलाई थाहै नदिइ संझौता गरेको बताइन् । 'म गाउँपालिका भवन नजिकै बस्छु हामीले थाहा पाउँछ भनेर रातको १२ बजे अध्यक्षले संझौता गर्नुभएछ', उनले भनिन् ।

उता अप्ठेरोमा पर्ने भएसँगै सत्यमान लामाले वालुवा टेण्डर खारेज गर्न दवाव दिन थालेको बताइन्छ । मेसिन प्रयोग गरेर जथाभावी वालुवा उत्खनन् गर्न रोक लगाएसँगै घाटा पर्ने देखेपछि लामाले वालुवा टेण्डरबाट हात झिक्न दवाव दिन थालेका छन् ।

आर्थिक अनियमितता र हिसाब नमिलेको विवादपछि तेमाल गाउँपालिकाको सोमवार आयोजना गरिएको दोस्रो गाउँसभा स्थगित भएको छ । एक हप्ता अघि गाउँसभाको तयारीका लागि भन्दै  सूचना जारी सर्वसाधरणलाई सेवा नदिई हिसाब मिलाउँदा समेत विवाद बढेसँगै सभा स्थगित भएको सहभागी वडा अध्यक्षले बताए । उपाध्यक्ष दुर्गामाया तामाङले बहुमत जनप्रतिनिधि उपस्थित नभएपछि गाउँसभा स्थगन गर्नुपरेको बताईन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ