arrow

नेकपाका मेयरको हैकम पछि तुल्सीपुरका वडा अध्यक्षहरुले गरे वैठक बहिष्कार

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
TULSIPUR-adakshya.jpg

दाङ। तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधिहरू बीच विवाद देखिएको छ। कांग्रेसबाट निर्वाचित नगरका बहुमत वडा अध्यक्षहरूले कार्यपालिका बैठक बहिस्कार गरेका हुन्।

नगरका १९ वडाध्यक्षमध्ये १० जनाले कार्यपालिका बैठकमा नगरप्रमुख घनश्याम पाण्डेले आफूहरूलाई बेवास्ता गरी आफूअनुकूलका निर्णय गरेपछि कार्यपालिका बैठक बहिस्कार गरेको तुलसीपुरमा मंगलबार पत्रकार सम्मेलन गरी उनीहरूले जानकारी गराए।  

५३ वटा कार्यपालिका बैठक बस्दासम्म नगरको हितमा हुने निर्णयमा सहयोग गर्दे आएको तर विषयगत सभापतिहरूसँग समन्वय नै नगरी विभिन्न कार्यविधिहरू पेश हुन थाले पछि विरोधमा उत्रिएको तुलसीपुर २ का अध्यक्ष राजु आचार्यले बताए।

कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूलाई बैठकको एजेण्डा फरक दिने र बैठक बस्दै गर्दा नयाँ एजेण्डा ल्याएर जबरजस्ती पास गराउन खोजेको आरोप उनीहरूको छ ।

तुलसीपुर उपमहानगरपालिका २ का अध्यक्ष राजु आचार्य, ५ का अध्यक्ष वीरेन्द्रकुमार शाह,  ७ का अध्यक्ष टोपबहादुर केसी, ८ का अध्यक्ष बेदबहादुर केसी, ९ का अध्यक्ष घनश्याम ढकाल, १० का अध्यक्ष कुमार लामिछाने, ११ का अध्यक्ष चित्रबहादुर वली, १३ का अध्यक्ष डम्बरबहादुर न्यौपाने, १४ का अध्यक्ष परशुनारायण चौधरी, १७  का अध्यक्ष थलराज पुरीले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी कार्यपालिका बहिस्कार गरेको जनाएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ