arrow

अब्बल बन्दै महिलाले हाकेको बैंक, शाखामा महिला कर्मचारी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ फागुन २९ बुधबार
garima-bikash-bank1.jpg

स्याङ्जा । महिला सशक्तिकरणमा स्याङजा जिल्ला अग्रस्थानमा छ । हिजो चुलो चौको र दाउरा घाँस अनि मेलापातमा मात्रै सिमित महिलाहरुले अहिले धेरै संघ संस्था तथा कार्यलयको बागडोर सम्हालेका छन् । देशैभरी बैकिङ संजाल रहेको गरीमा विकास बैंक स्याङ्जाको वयरघारी शाखा पुर्ण रुपमा महिलाहरुद्वारा संचालित बैंक हो ।

महिलालाई अझै पनि समाजमा विश्वास कमै मान्ने गरिन्छ । तर महिलाले नेतृत्व लिने संघसंस्था पारर्दशिता र उदाहरणीय बन्ने गरेका छन् । महिलाहरुले मात्रै हाकेको गरिमा विकास बैंकको शाखा बयरघारी उदाहरणीय देखिएको छ । महिलाले सिष्टममा काम गर्ने भएकाले र मुस्कान सहितको सेवा बाट सेवाग्राही सन्तुष्ट देखिन्छन् । पुरुषले काम गरेका बैंकहरुमा छिटो काम हुन्छ भन्ने अन्धविश्वासलाई यो शाखाका महिला कर्मचारीले चुनौती दिएका छन् । मिठो बोली र सरल व्यवहार देखाउने भएकाले महिलाहरुले संचालन गरेको कार्यको विश्वास सेवाग्राहीले लिने गरेको स्थानीयहरु बताउछन् ।

 सेवामा कुनै फरक नदेखेको तर महिलाहरुले संचालन गरेको बैंकबाट उद्योगी व्यवसायी खुशी भएको भीरकोट उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष हर्क बहादुर गुरुङ् बताउछन् । सेवामा कुनै कमी पाएका छनैं बैंकका सेवाग्राही समेत रहेका गुरुङ्ले भने,“ सेवा लिदा पनि आनन्द आउनुपर्छ त्यस्तो व्यवहार उहाँहरुले देखाउनु भएको छ ।” हामीले जम्मा गरेको रकम पाउन पनि मुस्कान सहितको सेवा भयो भने सेवाग्राहीमा पनि उत्साह थपिन्छ उनले भने ।

६ जना कर्मचारी रहेको शाखामा शाखा प्रमुख १, कर्जा प्रमुख १ सहित अपरेशन इन्चार्ज, क्यासियर, कस्टमर सर्भिस र कार्यालय सहयोगी सबै महिला रहेका छन् । पछिल्लो समय बैक तथा वित्तिय संस्था खोल्ने क्रम बढे संगै सानो बजार भएपनि यो शाखाले गत आ.व मा १५ करोड बराबरको आर्थिक कारोबार गर्ने सफल भएको छ । अहिले सम्म बैंक संचालनमा कुनै कठिनाई नभएको तर चुनौतीको सामाना गर्दै देशभरका शाखाहरु भन्दा राम्रो नतिजा दिन सफल भएको शाखा प्रमुख सिता डुम्रेले बताईन् । हामी सेवाग्राहीलाई खुशी साथ सेवादिन चाहान्छौं शाखा प्रमुख डुम्रेले भनिन्,“हर दिन, हर समय सेवाग्राहीको मन जित्ने प्रयत्नमा छौं ।” स्थानीयद्वारा संचालित गरीमा बैक राष्ट्रिय स्तरको बैंक हो । बैंकिङ क्षेत्रमा पनि तिब्र प्रतिस्पर्धा भैरहेको बेला यो शाखाले मार्केटिङ गर्नु नपरेको अनुभव प्रमुख डुम्रेको छ ।

 बैंक जस्तो वित्तिय कारोवार गर्ने संस्था जोखिम सगै सुरक्षाका दृष्टिले पनि निकै चुनौती हुने गर्छ । ठुलो सुरक्षाका घेराबाट बैंक लुटिने गरेका र कर्मचारीलाई धम्की आउने गरेपनि अत्यन्तै सावधानी पुर्वक यो शाखाका महिलाहरुले बैंक हाकिरहेका छन् । बैंकको सबै भन्दा जोखिम र फाईदा दिने कर्जा फाट नै हो । कर्जा लगानीमा धितो हेर्नका लागि फिल्ड जानुपर्दाको सुरक्षालाई ध्यान दिएर कर्जा लागनी गरेको बैंकका कर्जा प्रमुख रेखा श्रेष्ठ बताउछीन् । .ठुला व्यावसायी ठुलो कर्जा लिन वालिङ जाने गरेको भएता पनि निक्षेप संकलन र कर्जा लगानीमा समस्या नरहेको कर्जा प्रमुख श्रेष्ठको भनाई छ ।

यस क्षेत्रको १२ वर्ष अनुभव संगालेकी शाखा प्रमुख डुम्रे वार्षिक आर्थिक कारोबारको लक्ष्य १ सय १५ प्रतिशत हासील गर्न सफल रहेको तथा ५२ करोड बराबरको जम्मा कारेबार गर्न सफल रहेको बताउछिन् । यस शाखाले गत बर्ष मात्रै १ करोड भन्दा बढी मुनाफा आर्जन गर्न सफल रहेको डुम्रेको भनाई छ । यस बाट महिलाहरुद्धारा संचालित बैंक अब्बल बन्दै गएको प्रमाणित हुन्छ । सहज र छिटो सेवा प्रवाह भएकोमा सेवाग्राहिहरु पनि सन्तुष्ट छन् । बिना झन्झट आर्थिक कारोबार गर्ने पाईन्छ । सेवाग्राही रेश्मीलाल अर्यालले भने मलाई त यहि बैंक मन पर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ