- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा चुनावी मितिको घोषणा भएसँगै चुनावको माहोल तातेको छ । यसैबीच मोदी सरकार लगातार युवाहरुसँग भोट गर्न अपिल गरिरहेको छ । बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउट स्टारसँग मतदानको अपिल गरेका छन् । उनले ट्विट गर्दै अपिल गरेका हुन् ।
मोदीले सो ट्वीटमा आफ्नो युवा मित्रसँग कुरा गर्दै लेखेका छन् 'मेरा मित्र रणवीर सिंह, वरुण धवन र विक्की कौशल । कयौ युवाहरु तपाईहरुको प्रशंसा गर्छन् । वहाँहरुलाई यो बताउने समय आएको छ जोश सहित भोटिङ सेन्टर जाने ।'
बलिउडका महशुर गायीका मंगेशकर र एआर रहमानसँग पनि प्रधानमन्त्री मोदीले अपिल गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ' म विनम्रतापूर्वक तपाईसँग अनुरोध गर्छु कि २०१९ को चुनावमा अधिक भन्दा अधिक मानिसहरुलाई मतदान गर्न प्रेरित गर्नुहोस । भोट मानिसहरुको आवाज सुनने एक शानदार तरीका हो ।'
प्रधानमन्त्री मोदीले दीपिका पादुकोण, आलिया भट्ट र अनुष्का शर्मासँग पनि मतदान गर्न अपील गरेका छन् । .
प्रधानमन्त्री मोदीले अभिनेता मनोज बाजपेयी र गायक शंकर माहदेवनसँग पनि भोटको अपील गरेका छन् । साथै उनले अक्षय कुमार, भूमि पेडनेकर र आयुष्मान खुराना, सँग दम लगाएर भोटिंगलाई हिट बनाउन माग गरेका छन् ।
साथै मोदीले सलमान खान र आमिर खानलाई ट्वीट गर्दै लेखेका छन्, 'भोटिंग हाम्रो अधिकार मात्र नभएर हाम्रो जिम्मेवारी पनि हो । डियर सलमान खान र आमिर खान तपाई आफ्नो स्टाइलबाट देशका युवालाई मोटिभेट र इंस्पायर गर्ने समय आएको छ । ताकि हामी आफ्नो लोकतन्त्र र आफ्नो देश मजबूत बनाउन सकु।'