arrow

शुद्धोधन ४ खुल्ला दिशा मुक्त क्षेत्र

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ फागुन २९ बुधबार
khulla1.jpg

कपिलवस्तु । शुद्धोधन गाँउपालिका वडा नं ४ साविकको विठुवा गाविसलाई एक समारोहका साथ खुल्ला दिशा मुत्त वडा घोषणा गरिएको छ । वडा नं ४ का अध्यक्ष नरेश अहिरले वडामा रहेका ५ सय  ९५ घरधुरीमा मध्ये सबै घरधुरीमा शौचालय निर्माण भएकोले अनुगमन गरी वडा तथा गाउंपालिको निर्णय अनुसार वडा खुल्ला दिशा मुत्त वडा घोषण गरे ।

घोषणसगै वडालाई वालमैत्री वडा, पुर्ण सरसफाई र विकासमा अब्बल वडा बनाउने कार्यपत्र समेत अध्यक्ष अहिरले प्रस्तुत गरेका थिए ।  कार्यक्रममा वोल्दै संघिय सांसद अतहर कमालले गाँउपालिका तथा वडाहरुमा भौतिक विकासले तिव्रता लिएकाले अव भौतिक विकासका साथै सामाजिक विकास र आर्थिक सवृद्धि तर्फ लाग्नु पर्ने बताए । साथै कमालले दक्षिणी क्षेत्र शिक्षामा पछि परेकाले शिक्षामा लगानी तथा गुणस्तरिय शिक्षा र सचेतनामुलक कामहरु गर्नु पर्ने बेला आएको बताए । सचेतना मार्फत स्रोत साधन परिचालन भई स्वतह स्थानीय स्तरमा आर्थिक विकासको कार्य हुने समेत उनले बताए ।

सो अवसरमा शुद्धोधन गाँउपालिकाका अध्यक्ष निसार अहमद खांले गाँउपालिकाले भौतिक विकासका साथै स्वाथ्य,शिक्षा खानेपानी जस्ता क्षेत्रमा लगानी गरेको कारण गाउपालिकाको विकासमा वित्रता आएको बताए । गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद पोख्रेलले  गाँउपालिकालाई विकास गर्नको लागी कर्मचारी र जनप्रतिनिधीहरु मिलेर सहज रुपमा काम गर्नु पर्ने बताए । त्यसको लागी हालसम्म गाँउपालिका विकास र अन्य काममा राम्रो नतिजा आउन सफल भएको बताए ।

कार्यक्रममा खुल्ला दिशा मुत्त वडा घोषण गरे वापत वडालाई पुर्ण सरसफाई तर्फ लैजानको लागी पश्चिम नेपाल ग्रामिण खानेपानी आयोजनाका जिल्ला सल्लाहाकारले दुई लाखको चेक हस्तानतरण गरेका थिए । सो अवसरमा गाँउपालिकाकी उपाध्यक्ष सुधादेवी  पाण्डेय,स्थानीय समाजसेवी तौलन जयसवाल, जिल्ला वास सल्लाहाकार विपीन पौडेल , राष्ट्यि माविका प्र.अ लालचन्द्र पाण्डेय लगायतले शुभकामना व्यात्त गरेका थिए ।

गाँउपालिकाका नासु इश्वरी प्रसाद न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा खुल्ला दिशा मुत्त गर्न सहयोग गर्ने १ दर्जन व्यात्ति तथा संस्थालाई प्रमाणपत्र तथा सम्मान गरिएको थियो । साथै वडा नं ४ ले निर्माण गरेको नव निर्मीत वडा कार्यालय समेत संघिय सांसद अतहर कमालले रिवन काटेर तथा शिलालेख अनावरण गरी उद्घाटन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ