arrow

आगलागीमा पाँच घर जलेर नष्ट

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
fire.jpeg

सिन्धुली । तीनपाटन गाउँपालिका–७ भञ्ज्याङमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । पाँच घर जलेर नष्ट हुँदा ४३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट भञ्ज्याङ निवासी ज्ञानबहादुर सार्कीको खरले छाएको घरमा आगलागी हुँदा अन्नपातलगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा चार लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । 

उनका अनुसार टीकाबहादुर सार्कीको एकतले कच्ची घर र किराना पसल तथा नगद दुई लाखसहित रु १५ लाख बराबरको क्षति भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । 

यस्तै हितबहादुर श्रेष्ठको जस्ताले छाएको दुई वटा घर, गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ भने दुई तोला सुन, एक लाख ७५ हजार नगद, एक बाख्रा, दुई पाठा र पाँच वटा कुखुरा जलेर मर्दा करीब २२ लाख ५० हजार बराबरको क्षति भएको छ । 

टेकबहादुर सार्कीको खरले छाएको घर अन्नतपा लगायतका सम्पूर्ण सामान जलेर नष्ट हुँदा दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

आगलागीका कारण भने खुल्न सकेको छैन । सिन्धुलीमा सुख्खा समय सुरुआत भएसँगै आगलागीका घटना दिन प्रतिदिन बढिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ