arrow

विप्लवको बन्द आह्वानले शैक्षिक संस्थामाथि प्रहार, कालिकानगरमा शंकास्पद बस्तु फेला

logo
प्रदीप आचार्य, 
प्रकाशित २०७५ फागुन ३० बिहिबार
butwal3.jpg

बुटवल ।  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुको शिवराज ९ मा भएको घटना र देशका बिभिन्न स्थानबाट आफनो पार्टीका नेता कार्यकर्ता पक्राउको बिरोधमा बिहीबार आब्हान गरेको नेपाल बन्दको बिहानदेखि नै प्रभाव परेको छ ।

सरकारले विप्लव नेतृत्वको नेकपाका गतिबिधि माथि रोक लगाउने निणर्य गरेकाले बन्दमा विप्लवका कार्यकर्ताहरु सडकमा देखिएका छैनन । तर सार्बजनिक यातायात तथा उद्योग व्यवसाय बन्द भएका छन् ।  

बिहानी सत्रमा चल्ने शिक्षण संस्था चलेका छैनन । बुटवलको कालिकानगरमा शंकास्पद बस्तु फेला परेको छ । बुटवल बेलहिया सडक खण्डको कालिका चोकमा डिभाईडर माथि कालो रङ्गको संकास्पद बस्तु भेटिएपछि सर्वसाधारण जनता त्रसित भएका छन् । 

सुरक्षाकर्मी सडकमा तैनाथ भएका छन् । बुटवल, भैरहवा, पाल्पा, अर्घाखाँची लगायतका स्थानबाट लामो छोटो दुरीमा चल्ने सार्बजनिक यातायात छुटेका छैनन् । मोटरसाईकलहरु भने चलेका छन् ।

बन्द आब्हान किन ?

फागुन २३ गते कपिलवस्तुको शिवराज नगरपालिका वडानम्वर ९ मा प्रहरी प्रशासनले आफ्नो पार्टीका कार्यकर्ता दुर्गाबहादुर रोकालाई घरबाट पक्रेर लगि पुनः सुन्दरडाँडामा ल्याई गोली प्रहार गरी घाइते बनाएको, स्थानीय जनतालाई सताएको र पछिल्लो समय देशभर सरकारले बढाएको दमन, धरपकड, गिरफ्तार तथा झुठा मुद्दा लगाउने जस्ता कार्यको बिरोधमा बन्द आब्हान फागुन २४ गतेसो पार्टीले बिज्ञप्ति जारी गरी जनाएको थियो ।

पार्टी महासचिव बिप्लवद्धारा हस्ताक्षरित बिज्ञप्तिमा कपिलवस्तु घटना सहित पार्टी केन्द्रिय सदस्य बन्धु चन्द, किसान संगठनका अध्यक्ष राजु कार्कीसहित सयौं नेता कार्यकर्तालाई प्रहरी प्रशासनले बिना कारण गिरफ्तार गरी अराजनीतिक व्यबहार गरीरहेकाले बन्द आब्हान गरीएको उल्लेख गरीएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ