arrow

यात्रुलाई ओरालेर बसमा आगजनी, तीन जना पक्राउ

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
fire.jpeg

धनगढी। कैलालीको बडैपुरमा बसमा बिहानै आगजनी गरिएको छ । आगजनीबाट बस जलेर पूर्णरूपमा क्षति भएको छ ।

बसमा कसले आगजनी गरेको हो भनेर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाए पनि विप्लव नेकपाले बन्द सफल पार्न आगजनी गरेको बुझिएको छ । 

प्रहरीका अनुसार बिहान चार बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत बडैपुरको जंगलमा पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसबाट यात्रुलाई ओरालेर आगजनी गरिएको हो ।

यस्तै, भीमदत्त राजमार्ग अन्तरगत पर्ने कैलालीको गोदावरी सडक खण्डमा बन्दका दिन किन गाडी चलाएको भन्दै गाडी रोक्न खोज्ने तीन जनालाई नियन्त्रणमा लिएको कैलाली प्रहरी प्रमुख एसपी आभूषण तिम्सिनाले बताए ।

कुनै अप्रिय घटना नहोस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरि सुरक्षा व्यवस्था कडा पारिएको एसपी तिम्सिनाले बताए पनि कैलालीमा लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ