arrow

के भन्दै आए फोरमका दुई विद्यार्थी कांग्रेसमा ?

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
forum-student.JPG

खोटाङ । सङ्घीय समाजवादी फोरम नेपालका दुई जना विद्यार्थी नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसको आस्था र विचारप्रती आफू सहमत भएको भन्दै आफ्नो पार्टी परित्याग गरी उनीहरु कांग्रेसमा आएका हुन् ।

तत्कालिन अग्रगामी विद्यार्थी युनियन खोटाङका संस्थापक कोषाध्यक्ष एवंम् समाजवादी विद्यार्थी फोरम खोटाङ–काठमाण्डौ सम्पर्क मञ्चकी अध्यक्ष गोमा राई र समाजवादी विधाथी फोरम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी नगर संयोजक भूमिका राई कांग्रेसमा प्रवेश गरेकी हुन् ।

पार्टी प्रवेश गरेकी दुइजना विद्यार्थी नेतालाई नेपाली कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी, जिल्ला सदस्य प्रकाश श्रेष्ठ, दिनेश घिमिरे, तरुण दल अध्यक्ष भिषण राई, उपाध्यक्ष सन्जय कुमार राई, नेविसंघका जिल्ला अध्यक्ष राजकुमार वस्नेत लगायतका नेताहरुले अविर लगाई खादा ओढाएर कांग्रेसमा भित्रयाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ