arrow

कार्यालय सहयोगीको भरमा गाउँपालिका, कर्मचारी विवाह खान

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
karyalaya.JPG

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका कर्मचारी कार्यालय सहयोगीको भरमा कार्यालय छोडेर विवाहमा गएको पाईएको छ । वुधबार कार्यालय समयमा कार्यालय सहयोगीको भरमा कार्यालय छोडेर गाउँपालिकाका मनोनित सदस्य अमृत बहादुर विश्वकर्माको छोरीको विवाहमा गएको पाईएको हो ।

काम लिएर आएका सेवाग्राहीलाई बेलुकी आएर काम गरिदिने भन्दै गाउँपालिकाको कामलाई छोडेर कर्मचारी गाडी रिजर्भ गरेर गएको एक स्रोतले बताएको छ ।

गाउँपालिकाको कार्यालय र वडा नम्बर–५ को वडा कार्यालयका कर्मचारी कार्यालय सहयोगीलाई कार्यालय जिम्मा लगाएर विवाहमा गएपछि साँझसम्म पर्खदा पनि कर्मचारी नआएपछि गाउँपालिकामा काम लिएर आएका सेवाग्राही आक्रोशित बन्दै घर फर्किएका थिए ।

विवाहमा गाउँपालिकाका प्रमुख शंकर बहादुर राईलगायतका जनप्रतिनिधिहरु तथा कर्मचारी कार्यालय विहीन बनाएर गएको एक स्रोतको दावी छ । यस विषयमा जानकारी लिन गाउँपालिकाका अध्यक्ष राईलाई पटक–पटक टेलीफोन गर्दा उनले फोन उठेन ।

यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाँई १२ दिनदेखी कार्यालयमा नरहेको स्थानीयले गुनासो गरेका छन् । गुरागाँई लामो समयदेखी कार्यालयमा नहुँदा सवै काम प्रभावित बनेको बताईएको छ । गुरागाँईले टेलीफोन सम्पर्कमार्फत आफु काम लिएर काठमाडौं गएर काजमा बसेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ