arrow

युट्युबबाट आफ्नो भिडियो डिलिट भएपछि ३३ सय माइल कार चलाएर गुगलको कार्यालय पुगे युवक

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
google-hq.jpg

काठमाडौं । एक युवक आफ्नो अनलाइन च्यानल र भिडियो युट्युबमा नभेटिएपछि गुगलको हेडक्वार्टर तोडफोड गर्न पुगेका छन् । ३३ वर्षीय कायली लन्ग आफ्नो शहरबाट ३३ सय किलोमिटर कार चलाएर गुगलको कार्यालयमा आइपुगेका थिए । उनको कारमा ३ ओटा बेसबलको ब्याट थियो, जसलाई प्रहरीले बरामद गरेको थियो ।

प्रहरीका अनुसार कायलीले आफ्नो युट्युब च्यानलको सम्बन्धमा गुगलका अधिकारीसँग मिटिङको माग गरेका थिए । यस्तो नभएपछि उनले हिंसा शुरु गरेका थिए । उनलाई आफ्नो भिडियोबाट हजारौं डलर आउनसक्ने विश्वास थियो । तर, भिडियो नभेटिएपछि उनले गुगलका अधिकारसँग भेट्ने योजना बनाएका थिए ।

उनका आफन्तले भने कायालीको भिडियो र एकाउन्ट उनकी पत्नीले डिलिट गरेको बताएका छन् । पतिको मानसिक स्थितिको चिन्ता भएसँगै उनले यस्तो गरेकी थिइन् । उनलाई यसअघि मानसिक अवस्थाको समस्या देखिएको थियो ।

गत वर्ष अप्रिलमा पनि यसै किसिमको घटना देखिएको थियो । त्यतिबेला स्यान डिएगोकी एक महिला ले स्यान ब्रूनोमा गुगलको हेडक्वार्टरमा फायरिङ्ग गरेकी थिइन् । यो घटनामा परी ३ जना मानिसहरु घाइते भएका थिए । साथै उनले पनि आत्महत्या गरेकी थिइन् । आफ्नो फिल्ममा गलत तरिकाबाट आफ्नो भिडियोमा सेन्सर लगाइएको दाबी गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ