arrow

ठूला अनुहारहरु को भाग्दैछन् चुनावी रणभूमिबाट ? 

logo
प्रकाशित २०७५ चैत १ शुक्रबार
indian-leaders1.jpg

काठमाडौं । भारतको आसन्न लोकसभा निर्वाचन निकै चासोपूर्वक विश्वले नियालिरहेको छ । नरेन्द्र मोदी पुनः एकपटक प्रधानमन्त्री बन्ने दौडका लागि चुनावी रणभूमिमा उत्रिदै छन् । 

काँग्रेस आई सरकारमा जान नपाएर छट्पटाइरहेको छ । मोदीलाई परास्त गरेर अगाडि बढ्न उसले पनि योजना बनाइरहेको छ । 

यसबीचमा चार ठूला अनुहार भने चुनावी मैदानबाट भाग्न खोज्दैछन् । 

राकाप प्रमुख शरद पवार चुनाव लड्ने अड्कल विपरीत नलड्ने निष्कर्षमा पुगेका छन् । 

उनीसंगै सुषमा स्वराज, उमा भारती र रामविला पासवानले पनि चुनाव नलड्ने निर्णय गरेका छन् । 

जयललिता र करुणानिधको निधनपछि तमिलनाडुमा अन्नाद्रमुक र द्रमुकका लागि यो पहिलो चुनाव हुनेछ । 

१४ लोकसभा चुनाव लडेपछि पवारले नलड्ने बताए । पवारले सन् १९६७ मा महाराष्ट्र विधानसभा चुनाव जितेर विजयी सुरुआत गरेका थिए । 

पवार तीन पटक महाराष्ट्रका मुख्यमन्त्री बने । केन्द्र सरकारमा उनी रक्षा तथा कृषि विभागजस्तो अहम् मन्त्रालय सम्हाल्न पुगेका थिए । 

सुषमा स्वराजले स्वास्थ्यका कारण चुनाव नलड्ने बताएकी छिन् । उनले राजनीतिमा रिटायर्ड जरुरी छ भनेकी थिइन् । 

सुषमा सन् १९७७ मा पहिलो पटक हरियाणा विधानसभामा चुनिएकी थिइन् । उनकी केन्द्र सरकारकी विदेश मन्त्री छिन् । 

५० वर्षमा पहिलो पटक रामविलास पासवान चुनावमा लड्ने छैनन् । सन् १९६९ मा उनी पहिलो पटक लोकसभा चुनाव जितेर संसद पुगेका थिए । 

उमा भारती सन् १९८९ मा पहिलो पटक खजुराहो सिटबाट लोकसभा सदस्य चुनिएकी थिइन् । 

लालू यादव पनि चुनाव प्रचारमा देखिने छैनन् । उनी १९७७ मा छपराबाट लोकसाथ चुनाव जितेका थिए । उनी १९९० देखि १९९७ सम्म विहारका मुख्यमन्त्री तथा २००४ देखि २००९ सम्म यपिए सरकारका मुख्यमन्त्री बनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ