arrow

८३ बर्षीया बनिन् नेपाली नागरिक

हजुरआमाको नागरिकता सनाखतमा नाती

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ चैत १ शुक्रबार
nepali-nagarikta.jpg

स्याङ्जा । स्याङ्जाको ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले ८३ बर्षीया टिकाकुमारी थापालाई नागरिकता दिलाईदिएका छन् । गल्याङ् नगरपालिका ८ निवासी थापालाई नेपाली नागरिकता दिलाएपछि उनी बल्ल नेपाली नागरिक बनेकी छन् । थापाका श्रीमान नैनासिंह गाहा मगर भारतीय सेनामा कार्यरत रहदा भारतमै बसोवास गर्दै आएकी थिईन् । नेपाल आइरहेपनि उनले नेपाली नागरिकता लिएकी थिइनन् । २०४० सालमा श्रीमानको मृत्यु भएपछि पनि उनी भारतमै बसोवास गर्दै आएकी थिइन् । ४ छोराकी आमा थापालाई जेष्ठ छोराको नातीले सनाखत गरेर नागरिकता पाएको ईलाका प्रशासन प्रमुख शर्माले बताए ।

८३ बर्षीया आमालाई नागरिकता दिलाउन पाउदा मलाई आनन्द लागेको छ प्रमुख शर्माले भने,“आमाले नागरिकताको काम र महत्व नबुझेका कारण नागरिकताबाट बन्चित भएको हुनुपर्छ ।” आमाको सबै कुरा बुझे तिन पुस्ता खुल्ने कागतजात सबै मिलेपछि हामीले नागरिकता प्रदान गर्‍यौ प्रशासन प्रमुख शर्माले भने । यती धेरै उमेरका नागरिकले नागरिकता पाउने सम्भवत स्याङ्जामै पहिलो भएको अनुमान शर्माको छ । नागरिकता पाएपछि थापा मतदाता नामावलीमा समेत फोटो खिचाएकी छन् । ८३ बर्षीया थापाले अहिले सम्म नेपालमा मतदान समेत नगरेको उनका नाती धनबहादुर गाहाले बताए ।

५ छोरी ४ छोरा मध्ये थापाले १ बर्षको अन्तरालमा ठुलो छोरा गुमाएकी थिइन् । अन्य ३ छोरा भने अहिले पनि थापाकै काखमा रहेका छन् । लज्जालु स्वाभाव भएपनि हसिलो मुहार देखाईरहने थापा नागरिकता पाउदा भने उनी निकै खुशी भएकी थिइन् । १९९२ साल जेष्ठ २४ गते जन्मेकी थापालाई उनका जेष्ठ छोराका जेष्ठ छोरा धनबहादुर गाहाले सनाखत गरेका थिए । हजुर आमाको नागरिकता किन नबनाई दिएको भन्ने हाम्राकुरा डटकमकर्मीले सोधेको प्रश्नमा थापाका नाती गाहाले भने,“नेपाल आउने जाने भएपनि भारतमै बसोवास गर्दै आउनु भयो नागरिकताको खाँचो पनि परेन अनि बनाएनौ ।”

 अहिले अब नेपालमै बसोवास गर्ने गरी आएपछि नागरिकताको आवश्यकता पर्ने देखेर नागरिकता बनाउन ल्यायौ नातीले भने । अहिले सम्म कुनै रोग नलागेकी थापा मज्जा सगँ हिडडुल गर्न सक्ने अवस्थामा छन् । छोरा र छोरी तिर गरेर उनका २७ नातीनातिना रहेको परिवारले जनाएका छन् । उनले प्राप्त गरेको नागरिकताको नम्वर ०५०६० रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ