arrow

कमिसनको खेलमा ११ योजनाको एउटा उपभोक्ता समिति

logo
प्रकाशित २०७५ चैत १ शुक्रबार
jantedhunga_-office_photo_1.jpg

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको जन्तेढुंगा गाउँपालिकाले अलग–अलग उपभोक्ता समितिमार्फत काम गर्नु-गराउनुपर्नेमा ११ वटा योजनाका लागि एउटा उपभोक्ता समिति गठन गरेर काम गरेको पाईएको छ ।  उपभोक्ता समिति गठन निर्देशिका विपरित एउटा उपभोक्ता समितिमार्फत २८ लाख ५० हजारको ११ योजना सञ्चालन गरेर काम सुरु गरेको पाईएको हो ।

जन्तेढुंगा गाउँपालिकाको वडा नम्बर–५ चिसापानी बजारमा रहेको कार्यापालिकाले ११ सडक योजनाका लागि एउटै उपभोक्ता समिति गठन गरेर कार्य सुचारु गरेपछि यतिवेला कमिसनको खेलमा एउटा उपभोक्ता समितिलाई धेरै वटा योजना दिइएको भन्दै गाउँपालिका विरोद्ध स्थनाीयले चौतर्फी विरोध गरेका छन् ।

बाजगरादेखि काभ्रे कृषि सडक (३ लाख), जुम्ल्याहाडाँडादेखि कार्कीभञ्ज्याङ कृषि सडक (१ लाख ३ हजार), घोडेडाँडा फोक्तुङ सडक ट्र्याक (२ लाख), भीरगाउँ–कार्कीगाउँ (१ लाख ५० हजार), डिहीडाँडादेखि भानुमती दोभान सडक बिस्तार (१ लाख ५० हजार)का लागि छुट्टा–छुट्टै उपभोक्ता समिति गठन गर्नुपर्नेमा एउटै उपभोक्ता समितिमार्फत काम अघि बढाईएको देखिएको छ ।

सुरुङखेल–हुम्मापोखरी सडक (१ लाख ४० हजार), खर्क–पाथीभरा सडक मर्मत (३ लाख ५० हजार), डाँडाखर्क–मार्से कृषि सडक निर्माण (१ लाख), मालबासे–काजीधारादेखि बस्नेतबीच टोल कृषि सडक (१ लाख ३० हजार, पार्टीगैरादेखि काभ्रेखोला सडक स्तरोन्नती (४ लाख)को काम जीवन तामाङको अध्यक्षतामा बनेको उपभोक्ता समितिलाई जिम्मा दिइएको पाईएको हो ।

यस्तै, नाकेपानी–सुरुङ्खेल सडक स्तरोन्नतीका लागि सडक बिभागमार्फत प्राप्त भएको ८ लाख बजेट समेत सोही उपभोक्ता समितिमार्फत सञ्चालन प्रकृया अघि बढाईएको पाईएको छ । हरेक योजनाको छुट्टा–छुट्टै उपभोक्ता समिति गठन गरेर काम गर्नका लागि गाउँपालिका समक्ष माग राख्दा सुनुवाई नभएको नेकपाका नेता याम राईले बताए । ‘गाउँपालिका अध्यक्ष र वडाध्यक्षको बैठकमा मैले एउटा उपभोक्ता समितिलाई सबै योजना जिम्मा लगाउन हुँदैन, नियम विपरित हुन्छ भनेर कुरा राखेको थिएँ,’ राईले भने, ‘तर, हाम्रो कुरा सुनिएन । आफुखुसी काम गरियो ।’ हरेक योजनाका लागि छुट्टा–छुट्टै उपभोक्ता समिति गठनको माग गर्दै नेकपाकै नेता तिलक बस्नेतले गाउँपालिकामा निबेदन दिएका थिए ।’

गाउँपालिका अध्यक्ष शंकर राईले भने हरेक उपभोक्ता समितिको खाता खोल्दा तीन हजारका दरले लाग्ने शुल्क बचाउनका लागि एउटा मूल उपभोक्ता समितिमार्फत काम अघि बढाउने निर्णय गरिएको बताए । ‘उपभोक्ता समितिको खाता खोल्न खोटेहाङ गाउँपालिका पुग्नुपर्छ । हरेक उपभोक्ता समितिको खाता खोल्दा तीन-तीन हजार लाग्छ, खाता खोल्न जाँदा आउँदा कम्तीमा ३० जनाले दुःख पाउनुपर्ने हुन्छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘एउटा उपभोक्ता समितिमार्फत बजेट निकासा गर्ने व्यवस्था भए एउटै खाताबाट सबैको काम हुन्छ । घेरै जनाले झन्झट बेहोर्नु पर्दैन भन्ने हेतुले मूल उपभोक्ता समितिलाई सबै कामको जिम्मा दिइएको हो ।’

जन्तेढुंगा गाउँपालिका अध्यक्ष शंकर राई तत्कालिन एमालेबाट पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । ११ योजनाको काम एउटा उपभोक्ता समितिलाई सुम्पिइएपछि नेकपाकै नेता तथा कार्यकर्ता बढि असन्तुष्ट देखिएको पाईएको छ ।  गाउँपालिका प्रमुखप्रति भित्र–भित्र फैलिएको आफ्नै पार्टीका नेता-कार्यकर्ताको असन्तुष्टी सामाजिक सञ्जालबाट समेत पोखिन थालेको पाईन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ