arrow

रमिते भीरमा लागेको आगो गाउँ पस्यो, आधादर्जन घर जलेर नष्ट

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७५ चैत ३ आइतबार
fire.jpeg

पाँचथर । पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका वडा नं ३ साविकको पञ्चमी गाविस वडा नं. ३ डाँडेको रमिते भन्ने भीरमा लागेको आगो गाउँ पस्दा ६ घर जलेका छन् ।

बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जंगलको आगो अझै नियन्त्रण बाहिर रहेको जानकारी प्राप्त भएको छ  ।

मनप्रसाद पालुङ्वा,हर्क बा. पालुङ्वा, राजकुमार पालुङ्वा बेदमाया पौड्याल,डम्बर बहादुर पालुङवा,धन प्रसाद पालुङवाको घर रहेका छन् । आग्लागी भएका घरहरु मध्ये मनप्रसाद पालुङ्वा,हर्क बहादुर पालुङ्वा, राजकुमार पालुङ्वा, बेदमाया पौड्यालको घर पूर्णरुपमा जलेको छ ।

उनीहरुको सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । आगलागीका कारण के कति क्षति भयो भन्ने तत्काल यकिन हुन नसकेको हिलीहाँङ गाउँपालिका वडा नं ३ का वडा सदस्य धनबहादुर पालुङवाले बताए । 

जंगलको आगो नियन्त्रणका लागि स्थानीयबासी, इलाका प्रहरी कार्यालय गोपेटार,इलाका प्रहरी कार्यालय अमरपुर,जिल्ला प्रहरी कार्यालय फिदिम, विष्णु दल गण जोरपोखरीबाट गएको टोलिले  प्रयास गरि रहे पनि  नियन्त्रणमा आउन सकेको छैन । अहिले आगो पूर्वी क्षेत्र बनपाला जंगलतर्फ मोडिएको पालुङवाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ