arrow

धनकुटा कांग्रेसको जिल्ला सम्मेलन जेष्ठ पहिलो साता

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
congress-dhankuta.JPG

धनकुटा । नेपाली कांग्रेस धनकुटको जिल्ला सम्मेलन आगामी जेष्ठ पहिलो साता  गर्ने नेपाली कांग्रेस धनकुटाले जनाएको छ । नेपाली कांग्रेस धनकुटाले सात वटै पालिकाका, दुवै क्षेत्र र जिल्लाको सम्मेलन आगामी जेष्ठ पहिलो साता सम्म गर्ने जनाएको छ।

धनकुटामा नेपाली कांग्रेसलााई अझ सशक्त र सक्रिय बनाउदै संगठन सुदृढीकरणका साथ विस्तार गर्ने उदेश्यले सम्मेलन गर्न लागिएको  नेपाली कांग्रेस धनकुटकाका सभापति अग्नी प्रसाद पौडेलले बताए । जिल्ला समितिको बैठकले धनकुटा जिलका सात वटै पालिकाको पालिका सम्मेलन २०७६ बैशाख पहिलो साता भित्रमा,दुवै क्षेत्रको  क्षेत्रिय सम्मेलन बैशाख २० गते सम्ममा र धनकुटा जिल्लाको जिल्ला सम्मेलन २०७६ जेष्ठ पहिलो साता भित्र  गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस धनकुटको सातै तहको,दुवै क्षेत्रको र जिल्लाको सम्मेलनका लागी अहिले धनकुटाका कांग्रेसजन सवै परिचालित भएको र सवै तहको  सम्मेलनहरुमा नेपाली कांग्रेसका केन्द्रीय नेताहरुलाई आमन्त्रण गर्ने र पार्टीलाई एक ढिक्का बनाएर  नया ढंगबाट कांग्रेसलाई पुर्नसंगठित गरी  नबितम ढंगबाट सहर देखी गाउ गाउ सम्म सशक्त र क्रियाशिल बनाउने नेपाली कांग्रेस धनकुटकाका प्रचार विभाग प्रमुख समेत रहेका पार्टी सचिव विजय सन्तोषी राईले वताए।

नेपाली कांग्रेसको विधानमा पत्येक बर्ष सवै तहको सम्मेलनहरु  गर्ने व्यवस्था भएता पनि  नेपाली कांग्रेस धनकुटाले यस बर्ष मात्र सवै तहको सम्मेलन गर्न लागेको नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राईले वताए।

नेपाली कांग्रेस धनकुटा क्षेत्र नं. १ ले क्षेत्रका सवै पालिकाहरुमा सम्मेलन गर्नका लागी तयारीमा जुटेको चाडै वैठक गरी क्षेत्रीय सम्मेलनको पनि मिति तय गरिने क्षेत्रीय सभापती जितेन्द्र राईले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ