arrow

कपिलवस्तु कांग्रेसद्वारा अग्नी प्रभावीतलाई जस्तापाता वितरण

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
jastapata.jpg

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालीका १ वनकसवासामा आगलागीवाट विच्चलीमा परेका अग्नी पिडीतहरुलाई नेपाली कांग्रेस  कपिलवस्तुले राहत वितरण गरेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति एवंम पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्रराज आर्चाय सहितको टोली पुगेर राहत वितरण गरेको हो ।

आगलागी भएपछि वस्ने खाने ग्यारेन्ण्टी नभएका अग्नी पिडीतहरुलाई केही राहत स्वरुप ४ जनालाई १० पाता का दरले ४० थान करिव ५० हजार वरावरको जस्तापाता वितरण गरेको वताएको छ । यस अघि आगलागीवाट घर गोठ जलेको खवर संचारमाध्यमवाट सुने लगतै तरुण दलले पनि  राहत संकलनको काम अगाडी बढाई राहत वितरण गरेको थियो ।

सभापति आर्चायले घटनास्थलमा पिडीतको विचल्ली देखेर दुख लागेको वताए । उनले पिडामा थोरै भएपनि मलम लगाउन राहत लिएर आएको वताए । दुखी पिडितका जनता लागी नेपाली कांग्रेसले सदैव सहयोग गर्ने बताए । आगलागीवाट पिडीत भएका परिवारलाई छिटो छरितो र पटक पटक राहत वितरण गरेको प्रति नेपाली कांग्रेसका युवा नेता अजय थापाले धन्यावाद व्यक्त गरे। थापाले दुखको समयमा साथ दिनु भनेको नै सेवा भएको वताउदै अग्नी पिडीतहरुलाई राहतको लागी अन्य निकायलाई पनि सहयोग गर्न आव्हान गरे।

नेपाली कांग्रेसको टोलीले विगतमा पनि दुखमा परेकाहरुलाई साथ दिदै आएको जिल्ला सचिव प्रेम बहादर रायमाझीले बताए । राहत वितरण कार्यक्रम मा जिल्ला सभापति एवंम पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्रराज आर्चाय, जिल्ला सचिव प्रेम वहादुर रायमाझी,युवा नेता अजय थापा, हरि पोख्रेल, इश्वरी पाण्डे, गोविन्द के ।सी, वाइपी पौडेल, सोनु सारु  कृष्ण थापा, मोहोमद खाँ लगाएको सहभागिता रहेको थियो ।



नयाँ