arrow

राष्ट्रिय जल तथा मौसम सप्ताह सुरु : वर्षामा आएका कुल पानीको ७० प्रतिशत खेर

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
rain-water.jpg

काठमाडौं। आजदेखि राष्ट्रिय जल तथा मौसम सप्ताह सुरु भएको छ। सरकारले सप्ताहव्यापी रुपमा विश्व पानी दिवस र विश्व मौसम दिवसको सन्र्दभ पारेर नेपालमा राष्ट्रिय जल तथा मौसम सप्ताह मनाउन सुरु गरेको हो। यसपाली कोही पछि नछुटुन भन्ने नारा सहित विश्व पानी दिवस र मेरो सुर्य मेरो पृथ्वी र हाम्रो मौसम भन्ने नारा सहित विश्व मौसम दिवस मनाइदैछ।

पानी र मौसमबीचको घनिष्ट सम्बन्ध भएकाले १० वर्ष यता नेपालमा राष्ट्रिय जल सप्ताह मनाउन थालिएको हो। जल तथा मौसम मानव जीवनलाई प्रत्यक्ष र तत्काल असर पार्ने भएकाले यो धेरै नै महत्वपुर्ण छ। जल तथा ऊर्जा आयोग सचिवालयको नेतृत्वमा मनाइने सप्ताहले पानी र मौसमको वर्तमान परिवेश, महत्व र यससँग जोडिएका समस्यासँग जुध्ने प्रयासका सन्र्दभमा विभिन्न छलफल र कार्यक्रम आयोजना गर्ने सप्ताह आयोजक समितीले जनाएको छ। 

स्वच्छ पानीको महत्व तथा बदलिंदो जलवायु र स्थानीय मौसममा त्यसको असरबारे जनचेतना फैलाउने र जलश्रोत तथा त्यसको दिगो व्यवस्थापनबारे सर्वसाधारणदेखि नीति निर्माण तहसम्मको ध्यानाकार्षण गराउने उद्देश्यले हरेक बर्ष विश्व पानी दिवस र विश्व मौसम दिवस मनाउदै आएको  समितीका उपाध्यक्ष एवं आयोगका सहसचिव डा ऋषिराम शर्माले जानकारी बताए। सप्ताह अन्र्तगत नेपालमा पनि साता दिनसम्म विभिन्न कार्यक्रमगरि मनाइँदैछ। 

सन् १९९२ देखि सुरु भएको विश्व जल दिवस नेपालमा भने सन् २००८ बाट मात्र मनाउन सुरु गरिएको हो। स्वच्छ पानीको महत्व र यसको स्रोतहरुको दिगो ब्यवस्थापनका लागी वकालतका लागी हरेक वर्षको २२ मार्चमा विश्व पानी दिवस मनाउने गरिएको छ। यस्तै मौसमको महत्वका विषयमा चर्चा गर्दै  विश्व मौसम दिवस मार्च २३ तारिखमा मनाउने गरिन्छ। जलसप्ताह भने सन् २००९ देखी मात्र मनाउन सुरु गरिएको हो।
सप्ताहको पहिलो दिन आज  माध्यमिक तहका विद्यालयबीच ’सबैका लागि पानी’शिर्षकमा चित्रकला प्रतियोगिता गरिएको  आयोजकले जनाएको छ। यसैगरी जलयात्राका रुपमा माइतीघर मण्डलाबाट सुरु भएको रयाली  जावलाखेलसम्म पुगेर टुंगिएको छ। आजै  उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अनन्तले सप्ताहब्यापी कार्यक्रमको उद्घाटन गरे।

वर्षामा आएका कुल पानीको ७० प्रतिशत खेर जादै  
नेपालमा  उपलब्ध भएका कुल पानीमा २० प्रतिशत पानी मात्रै सदुपयोग भएको जल तथा उर्जाको क्षेत्रमा कार्यरत अधिकारीहरुले बताएका छन्।
नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति सात हजार घनमिटर बराबरको पानी उपलब्ध भए पनि उचित सदुपयोग हुन नसक्दा त्यसले कुनै सार्थक प्रभाव पार्न नसकेको  समिती सचिवालयको जिम्मा पाएको स्मल अर्थ नेपाल सेनका कार्यकारी निर्देशक महेन्द्र बहादुर गुरुङले जानकारी दिए। 

वर्षाको समयमा अत्यधिक मात्रामा वर्षा भए पनि त्यस्तो पानी जोगाएर राख्न सकिएको छैन। प्रति वर्ष औषतमा १५ सय ३० मिमि वर्षा हुने गरेपनि त्यसको सदुपयोग हुन्छ। जसमा २ सय २५ घनमिटर पानी उपलब्ध हुन्छ। वर्षामा आएका कुल पानीको ६०–७० प्रतिशत पानी खेर जाने गरेका छन्। यो खेर गएको पानी मात्रै सदुपयोग गर्न सकेपनि त्यसले पानीको ठुलो समस्या समाधान हुनेतर्फ पानीबिज्ञहरुले बताएका छन।

सदुपयोग भएको पानीमध्ये सिँचाइ, ऊर्जा, खानेपानी तथा औद्योगिक प्रयोगका लागि मात्र उपलब्ध छ। उपलब्ध पानीमध्ये स्वच्छ र पिउनयोग्य पानीको मात्रा भने कम रहेको छ। हिमाली तथा पहाडी क्षेत्रमा उपलब्ध भएको पानी पिउन योग्य भए पनि तराई तथा समथर क्षेत्रमा उपलब्ध  पानीको गुणस्तर कम भेटिएको पानी बिज्ञहरु बताउछन।

नेपालको अधिकांश पानी भारततिर बग्दै 
नेपालको अधिकांश पानी भारततिर बगिरहेको अहिलेको अवस्था छ। यी पानीको सदुपयोग गर्न सकेमा मात्र कृषि र सिंचाईका लागि उपलब्धी मान्न सकिन्छ। पानीको प्रयोग सिंचाईमा नै अधिक देखिएता पनि जम्मा २१ हजार १ सय ३७ बर्ग कि.मि. कृषि योग्य जमीन अझै बाझो रहेको छ भने ४१ हजार २ सय १० बर्ग कि.मि. जमिनमा मात्र खेती भइरहेको अवस्था छ। यस खेती भइरहेको जमीन मध्ये पनि जम्मा २९.७४ प्रतिशत कृषि उत्पादक जमीनले मात्र सिंचाई सुविधा पाएको देखिन्छ। त्यसैले यो तथ्यांक अनुसार नेपालको लगभग ९५.५ प्रतिशत पानी भारततिर बगेर  अधिकतम् उर्बरा जमीन बाझो भइरहेको छ। सन २०१४ को तथ्यांक अनुसार नेपालमा औसत १५ सय मिलिमिटर पानी पर्ने गरेको छ।

प्रतिवर्ष २ सय घन किलोमिटर नेपालभित्र र १० घन किलोमिटर तिब्बती क्षेत्रबाट जम्मा पारी अधिकांश पानी भारततिर बगाएर ब्राजिल पछिको दोस्रो पानी सम्पन्न देश भनी गर्व गर्ने गरेका छौ। ८३ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सकिने पानीको भण्डार रहेको देशमा जम्मा पानीको ४.६६ प्रतिशत मात्र पानी जलविद्युतको लागि प्रयोग भएको अवस्था छ भने सिंचाईका लागि ४.५७ प्रतिशत प्रयोग भएको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ