arrow

नेपाली कांग्रेसद्वारा बेलौरीमा होली मिलन कार्यक्रम

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ चैत ३ आइतबार
congess-holi-kanchanpur.jpg

बेलौरी। आउदै गरेको रंगको पर्व होलिको पुर्व सन्ध्यामा बेलौरी नगरपालिकाका विभिन्न वडाहरुमा शुभकामना आदानप्रदान गर्दै होली मिलन कार्यक्रम गरेको छ। नेपाली कांग्रेस कञ्चनपुरका नेता एवं पुर्व साँसद दिवानसिंह बिष्टको नेतृत्वमा नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले होलि मिलन कार्यक्रमको आयोजना गरेको हो।

होली कार्यक्रममा नेपाली कांग्रेसका निर्वाचन क्षेत्र नम्बर १( क ) का प्रदेश सभा उम्मेदवार गोपाल गुरुङ, क्षत्रीय सभापति गोपि प्रसाद उपाध्याय, नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सदस्य प्रकाशराज पन्त, जिल्ला सदस्य जनकसिंह धामी, हरिश्चन्द्र राना, लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

आइतबारदेखि सुरु गरिएको होलि कार्यक्रमबाट संकलित रकम क्षेत्रमा मिडिया बिकासका लागि लगानी गरिने बताइएको छ। होली कार्यक्रममा स्थानीयबाट उल्लेख्य सहयोग प्राप्त भएको नेपाली कांग्रेसका नेता गोपाल गुरुङले बताए।

कार्यक्रमको अन्त्य गरिए पछि सहयोगी दाताहरुको नाम सार्वजनिक गरिने उनले बताए। क्षेत्रमा मिडियाको बिकास र क्षेत्र वासीहरु संग शुभकामना आदानप्रदानका लागि होलि मिलन कार्यक्रमको आयोजना गरिएको पुर्व सांसद एवं कांग्रेस नेता दिवान बिष्टले बताए।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरिएको होलि कार्यक्रम चैत ४ गते बेलडाँडी गाउँपालिकामा, चैत ५ गते पुनर्वास नगरपालिकामा र चैत ६ गते लालझाडी गाउँपालिकामा आयोजना गरिने क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्यायले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ