arrow

समाज परिर्वतन र  रुपान्तरणमा क्लबको भूमिका महत्वपूर्णः नगरप्रमुख शर्मा गैरे

logo
कौरव खत्री, 
प्रकाशित २०७५ चैत ४ सोमबार
gaire.jpeg

बागलुङ । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले कुनै पनि राजनैतिक नेतृत्वले जनताबाट मताधिकार प्राप्त गरेर सत्तामा पुगिसके पछि त्यो सत्ताको प्रयोग जनता र राष्ट्रको पक्ष र हितमा हुनुपर्ने बताए ।

बागलुङको गलकोट नगरपालिका ७ मल्ममा रहेको सामाजिक संस्था घुम्टे युवा परिवारको ३४ औं वार्षिकोत्सव तथा परम्परागत होली मेलाको उदघाटन गर्दै नगर प्रमुख गैरेले यस्तो बताएका हुन् ।

घुम्टे युवा परिवारले सामाजिक क्षेत्रमा सक्रिय रहदै समाज रुपान्तरण र विकृति विसंगति न्यूनिकरणमा खेलेको भुमिकाको अन्य युवा क्लवहरुले अनुशरण गर्नु पर्नेमा गैरेले जोड दिदै क्लवले स्थापनाकालदेखि निरन्तर आफनो इतिहास कायम गर्न सफल भएको भन्दै प्रशंसा समेत व्यक्त गरे । 

होली मेलाको अवसरमा नगर प्रमुख गैरेले गलकोट नगरपालिकाबाट विनियोजित रु ८ लाखको लागतमा निर्माण भएको घुम्टे युवा परिवारको नव निर्मित भवनको उद्घाटन समेत गरेका थिए ।

मेलामा बृहत कृषि मेला प्रदर्शनीबाट विभिन्न विधामा १८ जना कृषकलाई जिन्सी पुरस्कार प्रदान गरिएको संस्थाका कोषाध्यक्ष सन्त भण्डारीले जानकारी दिए ।

सोहीे अवसरमा गलकोट नगरपालिका वडा नं ७ का वडाअध्यक्ष तथा सल्लाहकार संयोजक सुवेदार टिका बहादुर थापा, वडा सदस्य तथा संस्थाका पुर्व अध्यक्ष लोक बहादुर थापा, वडा सदस्य मिना दर्जी, नेपाल कम्युनिष्ट पार्टी नेकपा वडा संयन्त्र सदस्य हुमबहादुर बस्नेत, राष्ट्रिय जनमोर्चाका वडा कमिटी अध्यक्ष दल बहादुर थापा, जनहित कला केन्द्रका प्रमुख ज्ञान बहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मेलाको पहिलो दिन भलिवल उदघाटन खेलमा भूपू भलिबलमा जनहित कला केन्द्रलाई पराजित गर्दै आयोजक घुम्टे युवा परिवार विजयी भएको थियो ।

चैत ६ गतेसम्म सञ्चालन हुने होली मेलामा वडा स्तरिय पुरुष भलिबल, खुल्ला सामुहिक नृत्य, वडा स्तरीय पुरुष तथा महिला रस्साकसी सँगै राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहने संस्थाका कार्य वहाक सचिव प्रकाश थापाले जानकारी दिए ।

मेलामा जेष्ठ नागरिक अभिनन्दन, श्रष्ठा सम्मान, सफल युवा व्यावसायी सम्मान, भूपू खेलाडी सम्मान, समाजसेवी सम्मान, विपन्न परिवारलाई खाद्यान्न वितरण, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिने संस्थाका सदस्य भुमिराज थापाले जानकारी दिए ।

मेला घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता उपाध्यक्ष जीवन साहानीको स्वागत र सदस्य प्रदिप थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ