arrow

प्रदेश ५ का १ सय ८ स्थानीय तहमा बाणिज्य बैंक

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ चैत ४ सोमबार
bank-banijya.jpeg

बुटवल । प्रदेश ५ का एक सय ८ स्थानीय तहमा राष्टिय स्तरका वाणिज्य बैंक पुगेका छन । एक सय ९ स्थानीय तह रहेको प्रदेश ५ मा अव एउटा स्थानीय तहमा मात्रै राष्टियस्तरको बाणिज्य बैंकको शाखा खुल्न बाकी रहेको नेपाल राष्ट बैंकको सिद्धार्थनगर शाखाले जनाएको छ ।

 राष्टियस्तरको वाणिज्य बैंकको शाखा खुल्न बाकी रोल्पाको सुनछहारी गाँउपालिकामा पनि एसबिआई बैंकले शाखा खोल्ने तयारी गरेको छ ।

 एसबिआई बैंकले शाखा सञ्चालनका लागि गाँउपालिकासंग गत माघ २९ गते संझौता गरीसकेको गाँउपालिकाकी उपाध्यक्ष पार्वती घर्ति मगरले जानकारी दिईन् । बैंकले गाँउपालिकाको कार्यालय नजिकैको एउटा घर शाखा सञ्चालनका लागि भाडामा समेत लिईसकेको छ ।

बैंकका दागं शाखा प्रमुख पवन घिमिरेले सुनछहारीमा शाखा खोल्न सुरक्षाका दृष्टिले सुरुमा पक्कि घर नपाईएकाले समस्या भएपनि अव केही दिनमा कार्यालयमा फनिर्चर तथा अन्य व्यवस्थापन गरी कारोवार सुरु गर्ने बताईन् ।

नेपाल राष्ट बैंकले हालै सार्बजनिक गरेको बिवरण अनुसार ७ सय ५३ स्थानीय तह मध्ये ७ सय ११ स्थानीय तहमा बैंकका शाखा पुगेका छन । सात वटै प्रदेशमा सबैभन्दा बढी स्थानीय तहमा राष्टिय स्तरका बाणिज्य बैंक पुगिसकेको प्रदेश ५ भएको छ ।

राष्ट बैंकको केन्द्रिय तत्थ्यांकमा प्रदेश ५ मा २ वटा स्थानीय तहमा बाणिज्य बैंकको शाखा नपुगेको उल्लेख गरीएको भएपनि प्रदेश ५ मा सुनछहारी बाहेक सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुगेको नेपाल राष्ट बैंकको सिद्धार्थनगर शाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ