arrow

प्रथम गुल्मी महोत्सव प्रति व्यवसायीहरु असन्तुष्ट

logo
प्रकाशित २०७५ चैत ४ सोमबार
gulmi-mo.jpg

गुल्मी । जिल्लाको सदरमुकाम तम्घासमा सञ्चालन हुने भनिएको प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सव प्रति स्थानीय व्यवसायीहरु असन्तुष्ट भएकोले व्यवसायीहरुले उद्योग वाणिज्य संघ गुल्मीलाई ध्यानाकर्षण गराएका छन ।

व्यवसायीहरुले स्थानीय तहको संरचनाले गर्दा व्यापार व्यवसायी पहिले नै धरासायी भएको, झनै प्रत्येक वर्ष वर्षमा मेला महोत्सव गर्दा सटर बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने भएकाले यस्ता महोत्सव सञ्चालन नगर्न ध्यानाकर्षण गराएका हुन ।

गुल्मी उद्योग वाणिज्य संघले अयोजना गरेको २०७५ साल फागुन ३० गतेको स्थानीय व्यवसायीहरुको विशेष भेलामा व्यवसायीहरुले भने, ‘विभिन्न व्यक्तिहरुले संघ संस्थाको नाममा मुनाफा आर्जन गर्ने उदेश्यले यो महोत्सवको आयोजना गर्ने भएका छन । यदि यो महोत्सव सञ्चालन भयो भने हाम्रो व्यापार व्यवसायमा ठुलो असर पर्न जान्छ र हाम्रो व्यवसाय धारासायी भई चौपट हुन्छ ।’ यस्ता खालका महोत्सव बर्षेनी भएमा हामी व्यवसायले व्यवसायी गरि बसेको कुनै अर्थ नभएको बताएका छन ।

व्यवसायीहरुको महोत्सव प्रतिको यस्तो धाराणा आएपछि वाणिज्य संघ गुल्मी यो महोत्सवलाई रोक्नको लागि उद्योग वाण्ज्यि संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेद्वारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्र लिएर रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालसंग डेलिगेशन गएको थियो ।

२०७५ माघ २९ गते यस महोत्सवको विषयमा वाणिज्य संघ गुल्मीले आफ्नो ध्यानाकर्षण गराएको थियो तर यस सम्बन्धित निकायले कुनै पनि चासों नदेखाई छलफल विना नै नगरपालिकाले स्विकृत दिएको उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको थियो ।

रेसुङगा नगरपालिका प्रमुख डिल्लीराज भुसालले भने गुल्मी चेम्बर अफ कमर्स आधिकारिक संस्था हो उसले महोत्सव गर्छ यसमा तपाईले आपत्ती मान्नु पर्न केहि छैन । तर उद्योग वाण्ज्यि संघ गुल्मीका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले भने यो वर्ष महोत्वस नगर्ने बरु आउदो वर्ष यहि सस्थां लाई दिने निर्णय गर्न नगरपलिकासंग आह्वान गरेको र नगरप्रमुख डिल्लीराज भुसालले त्रिपक्षीय बैठक राख्ने जानकारी गराएको अध्यक्ष  पाण्डेले बताए ।

प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटकीय महोत्सवका संह–संयोजक नवराज भुसाालले भने महोत्वस कुनै पनि हालतमा निर्धारित समय चैत २० गते देखि चैत ३०  गते सम्म सदरमुकाम तम्घासमा हुने बताएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ