arrow

त्रिशुलीमा ट्रक खस्दा एक जनाको मृत्यु, चार घाइते

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
accident-final.jpeg

मुग्लिन । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नंको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट मंगलबार बिहान ७ बजे त्रिशुली नदी किनारमा खस्दा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । 

दुर्घटनामा परी अन्य चार घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । घाइतेमध्ये दुई महिला रहेका छन् । 

प्रहरीका अनुसार मृतकको परिचय खुल्न खुलेको छैन । ट्रक पुलबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो । 

दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ