arrow

भूकम्पले लगातार हल्लाउन थाल्यो

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
earthquake-FNL-new.jpg.jpeg

बैतडी । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो । 

बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

दुवै परकम्पको केन्द्रविन्दु भारत र चीनको सीमाआसपास लिपुलेक नजिक रहेको केन्द्रका सूचना अधिकारी नवीन विश्वकर्माले जानकारी दिए । 

गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ । 

सोमबार बिहान ९ बजेर १ मिनेटमा मकवानपुरको चित्लाङमा ४.१ रेक्टर स्केलको परकम्प गएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ