arrow

१२ दिने स्वीटर बुन्ने तालिम : समापनमा महिलाले बुनेको स्वीटर अतिथिहरुलाई

logo
सीता डोटेल,
प्रकाशित २०७५ चैत ५ मंगलबार
sweater-talim.jpg

पाल्पा । रामपुर नगरपालिकाकाको आर्थिक सहयोगमा चलेको १२ दिने स्वीटर बुन्ने तालिम समापनका अबसरमा महिलाहरुले आफुले बुनेका स्वीटर अतिथिहरुलाई मायाँको चिनो स्वरुप दिएका छन् । रामपुर नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन सिप सिकाउने उद्देश्यले रामपुर ५ कान्जीहाउसको रेशम हलमा सबै वडाका महिलाहरुलाई समेटेर १२ दिने तालिम सञ्चालन गरेको थियो । नगर स्तरीय महिला लक्षित कार्यक्रम समितिको व्यवस्थापनमा चलेको तालिममा सहभागी ५२ महिलाले तयार पारेको स्वीटर प्रमुख अतिथि सहित कार्यक्रमका पाहुनाहरुलाई मायाँको चिनो हस्तान्तरण गरेर सामुहिक फोटो खिचाएका छन् ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकाका हरेक वडामा यस्तै महिला आत्मनिर्भर हुने गरि आगामी दिनमा तालिम लैजान सक्ने गरि यो तालिमको सदुपयोग गर्न सहभागी दिदीबहिनीलाई आग्रह गरे। यस क्षेत्रमा आउने पाहुँनालाई रामपुरको चिनोको रुपमा महिला र पुरुषले लगाउन मिल्ने स्वीटरमा अझ रामपुरमा उत्पादन भनेर चिनिने गरि उत्पादन गरेर बिक्री गर्न सक्ने गरि अगाडी बढ्न सहभागीलाई अनुरोध गरे। महिलाले बुनेका स्वीटर उचित मुल्यमा नगरपालिकाले खरिद गरि प्रोत्साहन गर्नेछ थापाले भने ।


 
कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रबक्ता हुमनाथ न्यौपाने, नगर सल्लाहाकार देवराज ढकाल, नगरपालिकाका सचेतक तिर्थ प्रसाद पंगेनी, रामपुर ५ का वडाध्यक्ष हिमाल मल्ल, नेपाली कांग्रेसका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपाका नगर अध्यक्ष कमलराज भट्टराई, नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामहरि पाण्डे, कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतमले बोल्दै महिलाको आत्मनिर्भर र आम्दानी लिन सक्ने सीप नगरपालिकाले सिकाएकोमा अब आफैले यस व्यवासायलाई बढाउन सहभागीलाई आग्रह गरे। सहभागी रामपुर नगरपालिका ६ की रमा भण्डारीले तालिमले सिप सिक्न चाहने महिलाका लागि उपलब्धिमुलक भएको बताउदै अझ यस्ता तालिम महिनौ चलाउने गरि एड्भान्स तालिमको खाचो रहेको बताइन् ।
 
तालिममा रामपुर नगरपालिकाका १० वटै वडाका ५२ जना महिला सहभागी रहेको थियो । सहभागीले तालिम अबधिभरमा बुनेका स्वीटर नगरपालिकाका नगर प्रमुख तथा प्रमुख अतिथि रमण बहादुर थापासहित सल्लाहाकार, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा उपस्थित पाहुँनालाई मायाँको चिनो स्वरुप महिलाहरुले प्रदान गरे । सोही अबसरमा तालिमका सहभागीलाई प्रमुख अतिथि नगर प्रमुख रमण बहादुर थापाले प्रमाणपत्र र प्रशिक्षकलाई प्रशंसा पत्र प्रदान गरे। तानसेनका प्रशिक्षक निलमायाँ पुन र पुनम बुढा मगरले स्वीटर बुन्ने सीप सिकाएका थिए ।

महिला लक्षित कार्यक्रम समितिका संयोजक सिमादेवी रानाको अध्यक्षतामा भएको कार्यक्रममा समिति सदस्य सरस्वती भट्टराईले स्वागत गरेकी थिइन् । भने धन्यवाद समितिका सदस्य शारदा आचार्यले व्यक्त गरेकी थिइन् । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका महिला बालबालिका शाखाका प्रमुख पुजा परियारले गरेकी थिइन् ।  

रामपुर नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन आयमुलक तालिम अन्तर्गत स्वीटर बुन्ने तालिम दिएको हो । विभिन्न सीपमुलक तालिमबाट स्वरोजगारउन्मुख रामपुर बनाउनका लागि प्रत्येक वडाका ५-५ जना सहित विपन्न समुदायका महिलालाई तालिम दिएको नगरपालिकाले जनाएको छ । नगपालिकाले स्वीटर बुन्ने तालिमसँगै नगरका महिलालाई सिलाईकटाई तालिम पनि सञ्चालन गरेको छ । स्वरोजगारको ढोका खोल्न र आत्मनिर्भर गराउन सबै वडाका प्रतिनिधित्व हुने गरि महिलालाई तालिम दिएको रामपुर नगरपालिकाका महिला बालबालिका तथा समाज कल्याण शाखाका सहायक महिला विकास निरिक्षक पुजा परियारले बताइन् ।

घरायसी कामकाजमा व्यस्त महिला र समाजमा केही गर्छु भनेपनि बाटो नपाएका महिलादिदीबहिनीलाई गाउँघरमा नै बसेर आम्दानी लिन सक्ने गरि सीपमुलक तालिम चलाएको नगरकार्यपालिका सदस्य सावित्रा गौतमले बताइन् । हातमा सीप भएका महिलाको आत्म बलियो र केही गर्न सक्छु भन्ने आँट र हौसला हुने भएकाले सानो लगानीबाट राम्रो आम्दानी हुने गरि जाडो मौसममा लगाउने स्वीटर र सिलाईकटाई तालिम दिइएको गौतमले बताइन्। तालिममा सहभागी भएका महिलाहरु कतिपय गाउँ घर र बजारमा सटर लिएर व्यवसाय नै चलाउन सक्ने र कतिपय आफ्ना परिवार र गाँउ घरमा गुजारा चलाउन सक्ने बन्ने उद्देश्यले तालिम चलाएको नगरपालिका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ