कर्णाली करिडोरमा यातायात 

प्रकाशित मिति : २०७५ चैत ७ बिहिबार

बाजुरा । कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालन गरिने भएको छ । जिल्लाको महत्वपूर्ण मार्गका रुपमा मानिएको ३५ किलोमिटर सडकखण्डको जिल्लाको जगन्नाथको लैफूदेखि हिमाली गाउँपालिकाको लेब्डीसम्म यातायात सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बाजुरा खण्डमा बिहीबारदेखि यातायात सञ्चालनमा ल्याइने भएपछि स्थानीयवासीमा उत्साह छाएको छ । बाजुरासँगै छिमेकी जिल्ला हुम्ला र मुगुका नागरिकलाई पनि उक्त सडकखण्डले सहज बनाउने भएको छ । 

नेपाली सेनाले निर्माण गरिरहेको २८५ किलोमिटर लामो सो करिडोर निर्माण गरिरहेकको हो। 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ