रामचन्द्रले भने –सरकारले विकासमा पक्षपात गर्‍यो

प्रकाशित मिति : २०७५ चैत ७ बिहिबार
तस्वीर –फाइल

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासका काममा पक्षपात गरेको आरोप लगाएका छन् । 

तनहुँको रिसिङ गाउँपालिका–४ स्थित डाक्रेखोलामा रु साढे दुई करोडको लागतमा निर्माण हुनलागेको मोटर सञ्चालन हुने सो पुल बुधबार शिलान्यास गर्दै वरिष्ठ नेता पौडेलले काङ्ग्रेसले शुरु गरेको योजनामा बजेट कटौती गरेर सरकारले पक्षपात गरेको बताएका हुन् ।  

वरिष्ठ नेता पौडेलले कम्युनिष्टको दुईतिहाइको सरकार भए पनि विकासका केही काम शुरु नभएको र तनहुँका थुप्रै योजना अहिले अलपत्र अवस्थामा रहेको गुनासो पनि गरे । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ