arrow

बिल गेट्सको सम्पत्ति १ खर्ब डलर नाघ्यो, यो सफलता हासिल गर्ने संसारमा २ जनामात्र

logo
प्रकाशित २०७५ चैत ७ बिहिबार
bill-gates-africa.jpg

काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्पत्ति २० वर्षपछि पुनः १ खर्ब डलर नाघेको छ । यसअघि सन् १९९९ मा गेट्सले यो सफलता हासिल गरेका थिए । यो सफलता पाउने संसारमा केवल २ जना व्यक्ति मात्र छन् । एमजनका जेफ बेजोसले यसअघि नै यो सफलता पाइसकेका छन् । एकैपटक २ व्यक्तिको सम्पत्ति १ खर्ब डलरभन्दा माथि रहेको यो पहिलोपटक हो ।

 ब्लमवर्गको अर्बपतिको सूचकका अनुसार एमजनका संस्थापक तथा सीईओ जेफ बेजोसको सम्पत्ति १ खर्ब ४६ अर्ब डलर छ । उनी विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । गेट्स दोस्रो स्थानमा छन् । यस वर्षको अहिलेसम्म बेजोसको सम्पत्ति २० अर्ब ७० करोड डलरले बढेको छ । यो अवधिमा गेट्सको सम्पत्ति भने ९ अर्ब ५० करोड डलरले बढेको थियो ।

सन् १९९९ मा गेट्सको सम्पत्ति १ खर्ब डलर पुग्दा बेजोसको सम्पत्ति केवल ८ अर्ब ९० करोड डलर थियो । गेट्सले अहिले आफ्नो बिल एण्ड मेलिन्डा संस्थाको माध्यमबाट अहिलेसम्म ३५ अर्ब डलर दान गरिसकेका छन् । गत वर्षबाट बेजोसले पनि यो काम शुरु गरेका थिए । सन् २०१८ मा उनले २ अर्ब डलर  दान गरेका थिए ।

अबको केही समयमा गेट्स र बेजोस दुवैको आधा सम्पत्ति घट्नसक्ने बताइएको छ । गेट्स आफ्नो आधा सम्पत्ति दान गर्ने सोचमा छन् भने बेजोसले गत जनवरीमा आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गरिसकेका छन् । यस्तोमा उनको आधा सम्पत्ति उनको पत्नीको नाममा जानेछ । यदि यसो भएको खण्डमा उनकी पत्नी मेकेन्जी विश्वको सबैभन्दा धनी महिला बन्नेछिन् । अहिले वालमार्टकी उत्तराधिकारी एलाइस वाल्टन विश्वकी सबैभन्दा धनी महिला हुन् । उनीसँग ४६ अर्ब डलर सम्पत्ति छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ