arrow

आगलागीबाट कपिलवस्तुमा ११ घर र ५ गोठ जलेर नष्ट

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ चैत ८ शुक्रबार
aaglagi2.jpg

कपिलवस्तु । जिल्लाको  शिवराज नगरपालिका ६ पैकीवण्डामा शुक्रबार भिषण आगलागी भएको छ । आगो बुधई कुर्मीको घरबाट सल्कीएको थियो । आगलागीबाट ११ घर र ५ गोठ जलेर नष्ट भएका छन् भने करिब ५५ लाख बराबरको क्षेती भएको अनुमान  प्रहरीले गरेको छ ।

आगलागीबाट बुधई कुर्मी, वहब मुसलमान, इलाकत मुसलमान, हरिद मीया, राहत मीया, अब्दुल मुसलमान, भगवती पाल, अब्दुल कलाम मुसलमान , सनिउल्ला मीया, समीम नाउ, मन्जुर नाउ, वर्मा कुर्मी, कोदई कुर्मी, किसलावती कुर्मी, मिताउल्ला मीया र बरसती मुसलमानको घर जलेको प्रहरीले बताएको छ ।  

यस्तै आगलागीबाट अन्दाजी ४५ वर्षिय समिउल्ला मिया घाईते भएका छन भने उनको अहिले स्थानिय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट १ गाई पनि मरेको छ भने २ गोरु घाइते भएको बताइएको छ । शुक्रबार दिउसो अत्याधिक हावाहुरी चलेको थियो । आगलागीबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यस अघि पनि शिवराज नगरपालिकाको वनकसावासमा भिषण आगलागी भएको थियो । वनकसावासमा ४ घर जलेको थियो । जिल्लामा प्रत्यक वर्ष हावाहुरी सूरु हुन साथ आगोलागी हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ