arrow

भित्र भित्रै राजपा —फोरम एकीकरण वार्ता 

नेकपाप्रति दुवै पार्टीको समान धारणा

logo
प्रकाशित २०७५ चैत ९ शनिबार
rjp-forum.jpg

काठमाडौं। तराइ मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले पार्टी एकीकरण गर्न भित्र भित्रै प्रयास शुरु गरेका छन्। दुबै पार्टीले एक अर्कोलाई निरन्तर चिट्ठिी आदान प्रदान गरीरहेका छन्।

फोरम स्रोतका अनुसार राजपा र फोरमवीच एकीकरण गर्न ठूलो सैद्धान्तिक समस्या छैन। राजपा र फोरमका धेरै जसो विचार र सिद्धान्त मिल्ने भएकोले दुइ पार्टीवीच एकिकरण प्रक्रिया अघि बढाएको फोरमका महासचिव रामसाह यादवले बताए। सत्तामा रहेको फोरमले सरकारको नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टीको आलोचना गर्दै कम्युनिस्ट पार्टीलाई यथास्थितिवादी पार्टी भनेको छ।

यथास्थितिवादीबाट मुलुकले परिवर्तनको महशुस नगर्ने भएकोल देशलाई परिवर्तको महशुस गराउन र अधिकार नपाएका समुदायलाई अधिकार दिलाउन पार्टी एकीकरण गर्न आवश्यक रहेको दुबै पार्टीका नेताहरुले जनाएका छन्। यसैगरी संविधान संशोधनमा दबाव दिनकोलागि पनि एकीकरण आवश्यक रहेको दुबै पार्टीका नेताहरुले जनाएका छन्।

फोरम र राजपावीचको एकीकरणमा राजपाभन्दा फोरमले बढी चासो देखाएको स्रोतको भनाइ छ। एक महिना अघि फोरमले पार्टी एकीकरण गर्न प्रस्ताव गर्दै राजपालाई चिट्ठिी पठाएको थियो। राजपाका नेताहरुले चिट्ठििको जवाफ दिन एक महिना लगाएका थिए। राजपाले चिट्ठिीको जवाफ दिने वित्तिकै फोरमले राजपालाई दोश्रो चिट्ठिी पठाएको थियो।

राजपाका नेताहरुले भने फोरमसँग एकीकरण गर्न फोरमले सरकार छाड्नु पर्ने शर्त राख्दै आएका छन्।  फोरमलाई पठाइएको चिट्ठिीमा पनि घृमाउरो किसिमबाट यो कुरा व्यक्त गरिएको छ। राजपाले फोरमलाई पठाएको पहिलो चिट्ठिीमा राजपाले भनेकै भाषा प्रयोग गर्दै नेपाल कम्युनिस्ट पार्टीको आलोचना गरिएको छ।

नेकपाप्रति फोरमको धारणामा राजपाले पनि सहमति जनाएको छ। फोरमले राजपालाई पठाएको दोश्रो चिट्ठिीमा पार्टी एकीकरण हुने भए सरकार छाड्ने सक्नेसम्म संकेत गरेको छ। यसअघि राजपाले फोरमलाई सरकार छाडी एकीकरणकोलागि वातावरण बनाउन आब्हान गरेको थियो। आपसी सहमति र समझदारीको आधारमा यस्ता विषयहरूको हल गर्न सकिने व्यहोरो फोरमले पठाएको चिट्ठिमा भनिएको छ।

चिट्ठिमा लेखिएको छ,‘कोही सरकार र कोही प्रतिपक्षमा भएको कारण एकीकरणमा वाधा अवरोध हुनुहुँदैन। यो नीतिगत सवाल नभइ रणनीति या कार्यनीतिक सवाल मात्र हो । जुन समय सापेक्ष अनुसार परिर्वतन भइरहने हुन्छ।’ यसैगरी चिट्ठिमा भनिएको छ, ‘दुइ पाटीवीच एकिकरण हुनासाथ सरकार र विपक्षमा काहाँ रहेर काम गर्ने,कस्तो भुमिका भुमिका निभाउने ? एकीकरणपछि बनेको एकीकृत पार्टीले सो सम्बन्धमा निर्णय गरे अनुसार हुने गरी एकीकरण प्रक्रिया अघि बढाउन सकिन्छ या आपसी सहमति र समझदारीको आधारमा यस्तो विषय हल गर्न सकिन्छ।’

यसअघि राजपाले फोरमलाई पठाएका चिट्ठिीमा ‘कोही पार्टी सत्ता पक्षीय र कोही पार्टी प्रतिपक्षीय भए एकिकरण हुन सक्छ भन्ने प्रश्न गर्दै घुमाउरो भाषामा सरकार छाड्न आग्रह गरिएको थियो । राजपाले फोरमलाई पठाएको चिट्ठिीमा भनिएको छ, ‘वर्तमान राजनीतिक स्थितिमा केन्द्रिीय राजनीतिको दुइ ध्रूव सत्तापक्षीय र प्रतिपक्षीय पार्टीमा रहेको दुइ पार्टीवीच कसरी एकता हुन्छ ?’ चिट्ठिीमा एकिकरणकोलागि वातावरण बनाउन पनि फोरम नेपाललाई आग्रह गरिएको छ।

चिट्ठिीमा भनिएको छ, फोरमले यथास्थितिवादी पार्टीसँग सहकार्य गरेर देशमा यथास्थितिवादलाई मलजल गर्ने, मनोमानी गर्न उक्साउने र अग्रगमन एवम परिवर्तनकारी शक्तिलाई धम्क्याउने दुस्साहस गर्नलाई पुग्ने गरी दुइ तिहाइको संसदीय गणीतलाई ग्यारिण्टी गर्दै मजवुत प्रदान गर्ने काम गरीरहकेको छ ।  जुन अत्यन्त दुभाग्र्यपूर्ण छ।’

राजपाले फोरमलाई यथास्थितिवादी पार्टीसँग  किन मलजल गरेको भनी उल्टै प्रश्न गरेको छ। साथै पार्टी एकता र एजेण्डामा सम्बोधन गर्न संघीय फोरमले साहसिक निर्णय गर्ने छ भनी राजपाले पठाएको चिट्ठिीमा अपेक्षा समेत राखिएको छ। एकले अर्कोलाई पठाइएको चिट्ठिीमा दुवै पार्टीले एकीकरणकोलागि पार्टी तयार भएको जनाएका छन्। साथै  वैकल्पिक राजनीतिक शक्ति निमार्णको अभियानलाई पूणर्ता दिन पार्टी एकिकरणको आवश्यक भएको पनि जनाएका छन्। 

पार्टी एकीकरणकोलागि राजपासँग वार्ता गर्न फोरमले पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको छ भने राजपाले पनि केही दिन अघि राजेन्द्र महतोको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको छ । फोरमले गठन गरेको वार्ता टोलीमा उपाध्यक्ष रकम चेम्जोङ, महासचिव रामसाह यादव, उपमहासचिव प्रकाश अधिकारी र सचिव इस्तियाक राइ रहेका छन् । यसैगरी राजपाले गठन गरेको वार्ता टोलीमा विख्रशचन्द्र लाल, केशव झा, सुनिल रोहित, रमेश यादव लगायतका रहेका छन् । 

राजपा र फोरमवीच पार्टी एकीकरण गर्न यो दोश्रो प्रयास हो । चुनाव अघि फोरम र राजपावीच एकीकरण गर्न दुवै पार्टीका नेताहरुले अनौपचारिक संवाद र छलफल गरेका थिए । तर त्यो प्रयास सफल हुन सकेन । चुनाव पछि फोरम सरकारमा गएको छ भने राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइ आन्दोलनमा जाने तयारी गरेको छ। प्रदेश श २ सरकारमा भने राजपा र फोरमले सहयात्रा गरेका छन्। 

फोरम स्रोतका अनुसार सरकारदेखि फोरमका कार्यकर्ताहरु आक्रोशित भएका छन्। राजपासँग  मोर्चाबन्दी गरेर या छुट्टै आन्दोलनमा जान पार्टी कार्यकर्ताहरुबाट फोरमका नेताहरुमाथि ठूलो दबाब बढ्दै गएको छ। कार्यकर्ताहरुको यस्तो दबाब पछि फोरम नेतृत्वले राजपासँग एकीकरण गर्ने प्रस्ताव अघि बढाएको हो–स्रोतल भन्यो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ