- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रंगेली । मोरङको रंगेली ३ आमतोलामा टुयवेल गाढ्ने क्रममा खनेको खाल्डोको ढिस्कोले पुरिएर शनिवार दिउँसो एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनपालथान गाऊपालिका वार्ड नं ३ चेका सुकुम्वासी टोल बस्ने ३५ वर्षिय बाबुलाल हेमरम रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कविन्द्र कार्कीले बताए ।
प्रहरीका अनुसार रंगेली ३ आमतोला बस्ने केदार अधिकारीको पुरानो टुयुवेल विग्रीएर बनाउने क्रममा ५ फिट खनेको खाल्डोबाट जिआई पाईप निकाल्न खाल्डोमा पस्ने क्रममा ढिस्कोले पुरिएर हेमरमको ज्यान गएको जनाएको छ ।
ढिस्कोले पुरिएपछि स्थानिय सहित इलाका प्रहरी कार्यालय रंगेली र बेतौना प्रहरी चौकीका प्रहरीले करिव डेढ घण्टा लगाएर उनको शव निकालेको थियो ।
मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल रंगेलीको शव गृहमा राखिएको प्रनि कार्कीले जानकारी दिए ।