arrow

लिखुकाका वडा सदस्य माथि १६ बर्षीया युवती करणीको उजुरी

logo
जीवन शर्मा,
प्रकाशित २०७५ चैत १० आइतबार
Rape.jpg.jpeg

ओखलढुंडा । ओखलढुंगाको लिखु गाउपालिका वडा नम्बर ३  नर्मदेश्वरका वडा सदस्य ५५ बर्षीय बिष्णु कुमार श्रेष्ठमाथि बलात्कारको उजुरी परेको छ । वडा सदस्य श्रेष्ठले सञ्चालन गरेको ईट्टा भट्टमा काम गर्दै आएकी स्थानीय १६ बर्षीया एक युवतीलाई जवरजस्ती बलात्कार गरेको आरोपमा आज जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको हो ।

बलात्कारको आरोप लागेका वडा सदस्य श्रेष्ठले चैत्र ७ गते ईट्टा भट्टमै जवरजस्ती बलत्कार गरेको उजुरी प्रहरीमा दर्ता भएपछि उनि फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लका अनुसार फरार भएका श्रेष्ठको खोजीकार्य जारी रहेको छ ।  उनि धेरै दिन भाग्न नसक्ने मल्लले बताए ।  

युवती बलात्कारको उजुरी वडापालिका र जिल्ला प्रहरीमा परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । ओखलढुंगा प्रहरीले पीडित युवतीसहित वडा सदस्य श्रेष्ठका परिवार र वडा अध्यक्षलाई जिल्लामा झिएकार बयान लिएको छ । बयानमा पीडक भनिएका श्रेष्ठका परिवारले उनी सम्पर्कमा नरहेको बताए । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले पनि श्रेष्ठ सम्पर्क विहीन भएकाले खोजीकार्य भइरहेको बताए ।

 पीडित युवतीले ईट्टा भट्टामा दिउसो सुतिरहेको समयमा वडा सदस्य श्रेष्ठ आएर बलात्कार गरेको प्रहरीमा बयान दिएकी छन् । उनि आफ्नै श्रीमान संगै सोही ईट्टा भट्टमा काम गर्दै आएपनि श्रीमानलाई सामान लिन पठाएर श्रेष्ठले जवरजस्ती करणी गरेको स्थानीयहरुको भनाइ छ ।

पडितको बयान तथा जाहेरीका आधारमा श्रेष्ठलाई प्रहरीले फरार सुचीमा राखी खोजबिन गरिरहेको छ युवतीको स्वास्थ्य परिक्षणका गरी आवश्यक कारवाही अघि बढाइएको प्रनि श्रेष्ठको भनाइ छ । युवतीको डिएनए रिपोर्ट सर्वाजनिक भएपछि घटनाको तथ्य अझै बाहिर आउने प्रहरीको दाबी गरेको छ । जिल्लामा वडा सदस्यबाटै युवती बलात्कारको घटना बाहिर आएपछि राजनितिक रुपमै हलचल मच्चिएको छ ।

श्रेष्ठ स्थानिय तहको निर्वाचनमा नेकपाबाट वडा सदस्य निर्वाचित भएका थिए । बलत्कारको आरोप लागेका श्रेष्ठलाई कारवाहीको सट्ट मिलापत्र गर्नका लागि नेताहरु समेत दौडधुप गरिरहेका छन् । राजनीतिक शक्ति केन्द्र प्रयोग गरी उनलाई भगाएर पिडित पक्षलाई मिल्नका लागि दवाव आइरहेको स्थानीयहरु बताउन् । बाहिरी हल्ला मिलाउनका लागि प्रयास भैरहेको जानकारी आएपनि आफुसंग त्यस्तो अनुरोध कहीबाट नभएको र यस्ता घटनाका अभियोगिलाई कुनैपनि हालतमा कारवाही हुने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ