arrow

महिला पण्डितद्धारा सप्ताह महापुराण वाचन

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
puran.jpg

इलाम । इलाम जिल्लाको देउमाई नगरपालिका वडा न ५ स्थित सिगलप्पामा ३ गते गत हप्ताको आइतवारदेखि  संचालित श्रीमद भागवत ज्ञान महायज्ञ (सप्ताह महापुराण) समापन भएको छ । 

महायज्ञमा महिला पण्डित तारा दाहाल र किरण गौतमद्वारा वाचित गरिएको थियो । महिला पण्डितले वाचन गरेर लगाइएको पुराण सो क्षेत्रमा पहिलो भएको बताइएको छ ।

महायज्ञमा स्थानीय जनसमुदायमको उल्लेख्य सहभागिता रहेको पुराण आयोजक समितिका अध्यक्ष मेघ प्रसाद चम्लागाईले बताए । उनले धार्मिक माध्यमबाट समाजलाई जोड्न सकेको बताए ।

कालिका स्कूलको खेल मैदानमा महायज्ञ आयोजना गरिएको थियो । पुराणको भेटीबाट उठेर बचेको रकमले सो स्थानमा रहेका कालिका मन्दिर र ओमकारेश्वर शिव मन्दीरलाई सघाउने आयोजनकले बताएका छन् । 

पुराणबाट स्थानीय तथा त्यहा क्षेत्रबाट बसाइसरी बिभिन्न ठाउँमा बसोबास गर्दै आएका दानवीरहरुबाट पाँच लाख भन्दा बढी रकम उठेको आयोजक समितिमा कोषाध्यक्ष चन्द्रमणी न्यौपानेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ