arrow

ग्यास सिलिण्डर पड्किएर चार जनाको मृत्यु

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
Gas-Cylinder-blast.jpg

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा सोमबार चार मजदुरको मृत्यु भएको छ । 

खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको नाम खुल्न सकेको छैन । 

अहिले इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक यादव थापा क्षत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको छ । 

आयोजनाका निवर्तमान पदाधिकारी उमेश कसजुले सिलिण्डर पडकिँदा मानवीय क्षति भएको खबर प्राप्त भएको जानकारी दिए । आयोजनास्थल विकट क्षेत्रमा भएकाले फोन सम्पर्क स्थापित हुन समस्या भएको छ ।

विसं २०६९ मा निर्माण शुरु भएको २२ दशमलव दुई मेगावाट क्षमताको उक्त आयोजनाको काम ९९ प्रतिशत सम्पन्न भएको कसजुले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ