- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका सरसफाइ गर्ने मजदूरहरु तलबको माग गर्दै आन्दोलित बनेको छ । उपमहानगरपालिकाले दुई महिना देखि तलब नदिएपछि उनिहरु काम रोकेर आन्दोलित बनेका हुन् ।
तलबको बारेमा मेयर लालकिशोर साहलाई जानकारी गराउँदा उनले उल्टै दुर्व्यवहार गर्दै गालीगलौज गरेको आरोप मजदूरहरुले लगाएका छन । उनीहरुले मेयर साहले माफी माग्नुपर्ने र दुई महिनाको तलब भुक्तानी गर्नुपर्ने लगायत माग राखेकका छन् ।
एक सफाइ मजदुरको भनाइ अनुसार आफूहरुलाई एक महिनादेखि तलब उपलब्ध गराउने आश्वासन दिएपनि हालसम्म तलब नदिई मेयर साहले उल्टै गाली गलौज गरेकाले तत्काल माफी माग्नुपर्ने र तलब उपलब्ध गराउनुपर्ने बताए ।
त्यस्तै उपमेयर रिता झाले सफाइ मजदुरको समस्या छिट्टै नै समाधान गरिने भन्दै काममा फर्किन आग्रह गरिन् । संघीय सरकारले करार तथा ज्यालादारीमा कर्मचारी भर्ना गर्न स्थानीय निकायलाई पत्राचार गरेपछि यस्तो समस्या आएको उपमेयर झाले बताइन् ।