विप्लवका कार्यकर्ता पक्राउ पर्ने क्रम जारी 

प्रकाशित मिति : २०७५ चैत १५ शुक्रबार
तस्वीर –फाइल

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई सदस्य पक्राउ गरेको छ । 

विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतस्थित आवास क्षेत्रमा बस्ने समूहका सुर्खेत जिल्ला कमिटी सदस्य ६२ वर्षीय सिद्धबहादुर खड्का र अखिल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य ४० वर्षीय गोमा खड्का (ओली) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

नियन्त्रणमा लिएका दुवैको अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । सुर्खेत प्रहरीले समूहका नेता तथा कार्यकताको खोजी कार्य तीव्र बनाएको बताइएको छ । 

नयाँ