arrow

फुटबल मैदानको बजेट दुरुपयोग गरेको आरोप

logo
प्रकाशित २०७५ चैत १७ आइतबार
football-ground.jpg

धरान ।  धरान उपमहानगरपालिका वडा नं. ४,  पत्रङ्गबारी सामुदायिक वन कार्यालयको माताहत रहेको लामेचौरी फुटबल खेल मैदानको बजेट दुरुपयोग भएको भन्दै स्थानीय खेलाडी तथा जनताहरुले खेलकुद विकास समिति, धरानमा उजुरी गरेका छन् । २०६५ सालमा वन कार्यालयले पर्याप्त बजेट अभावका कारण मापदण्ड बमोजिम फुटबल मैदान निर्माण नगरी सामान्य कटिङ्ग र फिलिङ्ग मात्र गरी अधुरो एवम् अस्थायी खेल मैदान बनाएका थिए ।

गत आ.व. २०७४।०७५ मा खेलकुद विकास समितिले ११–११ जना खेलाडी खेल्न सक्ने गरी मापदण्ड बमोजिम खेल मैदान बनाउन रु. १० लाख बजेट विनियोजन गरेको भएपनि ८–८ जना खेलाडी मात्र खेल्न मिल्ने गरी प्राविधिक तथा विशेषज्ञको राय समेत नलिई वाङ्गोटिङ्गो रिटेनिङ वाल लाएर सार्वजनिक सुनुवाई तथा परीक्षण समेत नगराई फछ्र्यौट गरी बजेटको दुरुपयोग गरेको स्थानीयको आरोप छ ।

चालु आ.व. २०७५।०७६ मा नगरपालिकाले माटो फिलिङ्ग शिर्षकमा विनियोजन गरेको रु. ४ लाख पनि कुनै छलफल नै नगरी एकाएक नगरसभा मार्फत शिर्षक परिवर्तन गरेर अनावश्यक ठाउंमा पुनः रिटेनिङ वाल बनाउन रातारात डोजर लगाएपछि स्थानीय र खेलाडी आक्रोशित भई कार्य रोकी प्राविधिक, वन कार्यालय, खेलाडी लगायत सरोकारवाला वीच छलफल गर्न स्थानीयले आग्रह गरेका छन् ।

 खेल मैदान बनाउने नाममा बजेट दुरुपयोग गर्न उपभोक्ता समिति, खेलकुद विकास समिति, वडा कार्यालय र नगरपालिका समेतको मिलोमतो रहेको नाम नबताउने शर्तमा एक खेलाडीले बताए । उनले यसरी खेलाडीको भविष्य माथि खेलवाड गर्न नहुने बताउंदै रिटेनिङ वाल आवश्यक नै नभएकाले माटो फिलिङ गरेर ११–११ जना खेल्न मिल्ने गरी मैदान निर्माण गर्नुपर्ने बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ