arrow

गुल्मी कांग्रेसको प्रथम जिल्ला सम्मेलनको सन्देश 

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७५ चैत १८ सोमबार
congress-gulmi1.jpg

गुल्मी । नेपाली काँग्रेस गुल्मीको दुई दिने प्रथम जिल्ला सम्मेलन तम्घासमा सकिएको छ । सम्मेलनले काँग्रेसलाई एक ढिक्का बनाएर लैजाने सन्देश दिएको छ । राष्ट्रिय रुपमै निकै महत्व र चासोको रुपमा हेरिएको सम्मेलनले सिङ्गो काँग्रेसलाई अझ मजबुत र एकतामा ल्याउन सन्देश प्रवाह गरेको छ । 

सम्मेलनमा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले वर्तमान अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । सभापति देउवाले काँग्रेसले चुनाव हार्दैमा सबै सिद्धिहाल्ने भन्ने सोंच त्यागेर अझ शसक्त भएर पार्टीको काममा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।

देउवाले आईतबार प्रशिक्षण समेत दिएका छन् । उनले काँग्रेसमा जति आरक्षण अन्य कुनै पार्टीमा नभएको उल्लेख गर्दै महिलाहरुलाई स्थानीय तह देखिनै ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको बताए । 

सभापति देउवाले पार्टीमा घात र अन्तर्घातलाई नित्साहित गरी पार्टीको नीति र अनुशासनमा बसेर काम गर्दै जान सकेमा नेपाली काँग्रेसले कहिल्र्यै नहार्ने दावी समेत गरे । 

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा सबै कार्यकर्ताहलाई हेर्ने नजर एउटै हुनु पर्ने भन्दै काँग्रेसमा कसैले पनि गुटको राजनीति गर्न नहुने धारणा व्यक्त गरे । 

उनले काँग्रेस कार्यकर्ताहरुलाई वर्तमान सरकारले गरेका नराम्रा कामहरुको बारेमा खुलेर आलोचना गर्न समेत आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ