arrow

सवारी दुर्घटनामा बृद्धको मृत्यु

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ चैत १९ मंगलबार

बुटवल । ट्रकको ठक्करबाट रुपन्देहीमा एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको गैडहवा गाँउपालिका वडा नं. ४ पोहवा बस्ने अन्दाजी ६० बर्षीय झब्बर अहिर यादव रहेका छन ।

गैडहवा गाँउपालिकाको वडा नं. ३ लालपुर चौराहा स्थित लु.२ ख.१५५६ नं. को ट्रकले सोमवार साँझ साढे ६ बजे पैदलयात्री यादवलाई ठक्कर दिदा निजको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

त्यसै गरि सोही ट्रककै ठक्करबाट मायादेबी गाँउपालिका ३ बस्ने २५ बर्षीय प्रदीप लोध घाईते भएका छन । मृतकलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराउनुका साथै ट्रकचालक र मोटरसाईकल समेत नियन्त्रणमा राखी आवश्यक कार्यवाही प्रक्रिया अगाडी बढाइएको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ