arrow

ओभरट्याकको सुरमा बसले ठक्कर दिएको थाहा पाएनन् चालकले, महिलाको मृत्यु

logo
सीता डोटेल,
प्रकाशित २०७५ चैत २० बुधबार
dead2.jpg

पाल्पा ।  पाल्पाको रामपुर नगरपालिका १० च्याङ्लिङ मरेडाँडामा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । स्याङ्जाको गल्याङबाट पाल्पाको रामपुर तर्फ आउँदै गरेको ग १ ख ७६३६ नम्बरको बसको ठक्करबाट रम्भा १ च्याङलिङकी ६६ वर्षिय हुमकुमारी सारुको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भुपाल सिं रानाले जानकारी दिए ।  सोही बसमा सवार सारुलाई बसबाट ओर्लेर बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।  बस चालक र बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सोही बसबाट उत्रेर अर्को साइडमा जादै गर्दा निर्माणाधिन कालीगण्डकी करिडोरको धुलोले ति महिलालाई नदेखिएका कारण ठक्कर दिएको प्रहरीको भनाई छ । पछाडिबाट आउदै गरेको बुटवल–रामपुरको बसले ओभरट्याक गर्न नदिन यात्रु ओर्ले लगत्तै गाडी हुइकाएका कारण सोही बसको अगाडीको भागले महिलालाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पछाडिको बसले मानिसलाई ठक्कर दिएको बताएपछि मात्र सो चालकले थाहा भएको प्रहरीसँग बताए । निर्माणाधिन कालीगण्डकी करिडोरको धुलोमा बसले तिव्र गतिमा दुई गाडी बिच प्रतिस्पर्धा हुँदा घटना हुन पुगेको स्थानीयको भनाई छ । सारु गल्याङ्गबाट सोही बसमा आएर घर नजिक झरेर बाटो कट्ने क्रममा दुर्घटना भएको हो ।



नयाँ