arrow

पाठशाला बनाउन महायज्ञ गर्दै मुस्लिम समुदाय

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ चैत २० बुधबार
Masjit.jpg

स्याङ्जा ।  मुस्लिम समुदायका गरिब तथा विपन्न परिवारका बालबालिकालाई व्यवस्थित छात्राबास र मदर्शा (पाठशाला)बनाउन जिल्ला सदरमुकामा पहिलो पटक जल्सा (महायज्ञ) आयोजना गरिने भएको छ ।

स्थानीय स्याङ्जा मुस्लिम समाजको आयोजनामा जल्सा गरिन लागेको हो । चैत्र २३ गते एक दिन संचालनहुने जल्साबाट ५० लाखभन्दा बढि आम्दानी र २० लाख भन्दा माथि खर्च हुने समजाले अनुमान गरेको छ । समाजका अनुसार वचत रकमबाट विपन्न परिवारका बालबालिकालाई निःशुल्क छात्राबास र उनीहरुलाई पठनपाठनका गराउनका लागि भौतिक संरचना निर्माण गरिनेछ ।

जल्सामा स्वदेश र बिदेशका मुस्लिम समुदायका कारी, आलीम, हाफिज, मौलाना (शिक्षक) को सहभागिता रहेनछ । बेलायतबाट आउने शेयद नुरानी हास्मीमिया“, भारतबाट आउने अब्बुल हक्कानी सहित ४ जनार नेपालका हजरत जयस मोहम्मद सिद्धिकी (शेरे नेपाल) ले जल्सामा कुरान (ग्रन्थ) वाच नगर्ने संघका अध्यक्ष शेर अलिमियाँले जानकारी दिए ।

 जल्साजिल्ला सदरमुकास्थित बाडखोलामा गरिनेछ । जल्सामा देशभरबाट करिब १० हजार मुस्लिम अगुवाहरुको भेलाहुनेछ । २३ गते दिन र रातगरि २४ घण्टा जल्सा संचालन हुने समाजले जनाएको छ । जल्सालाई भब्य बनाउन स्थानीय मुस्लिम समुदायका सदस्यले तयारीलाई तिव्रता दिएका छन् ।

“मुस्लिम समुदायका बालबालिका सरकारी विद्यलायमा जाने भएपनि आफ्नो संस्कृति जर्गेना गर्न जल्सा आयोजना गरिएको हो ।” समाजका सचिव सामोहम्म दमियाँले भने, “जल्साबाट वचत रकमबाट कारी, आलीम, हाफिज र मौलानाहरुको उत्पादन गरिनेछ ।” बिहान र बुलेकी संचालन हुने पाठशालाबाट उनीहरुलाई तयार गरिने उनले बताए । समाजले १ सय ५० क्षमताको आधुनिक छात्राबास बनाउने योजना अगाडी सारेको छ ।

छात्राबास निर्माणका लागिझण्डै ५० लाख लागत लाग्ने अनुमान गरिएको छ । समाजका अनुसार संकलित रकमबाट पाठशालाका अतिरिक्त कब्रस्तान (समाधी स्थल) को व्यवस्थापना गरिनेछ । विश्वका विभिन्न देशमासिया र सुन्नीदुई समूहका मुस्लिम रहेपनि स्याङ्जामा सुन्नीमुस्लिम समुदायको बसोबास छ । गरिबी र अशिक्षाबाट ग्रहसित समुदायले पछिल्लो समय समाजका हरेक क्षेत्रमा आफूलाई अब्बल बनाउदै लगेको स्थानीय हाजि सम्सुद्धिन मियाँले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ