arrow

झापाका ३० बाढीपीडितलाई घर

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
Jhapa-hamrakura.jpg.jpeg

बनियानी। झापाको झापा गाउँपालिका–७ जनमघुटुका ३० बाढीपीडितले घर पाएका छन्। गाउँपालिका, सहारा नेपाल र युएन ह्याबिट्याटको सहयोगमा यहाँका विपन्न ३० बाढीपीडितले सुरक्षित घर पाएका हुन्। स्थानीय स्रोतसाधनको प्रयोग गरेर परम्परागत शैलीका घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिए। उनका अनुसार घर निर्माणका लागि गाउँपालिकाले प्रतिघर रु ७५ हजार, सहारा नेपालले प्राविधिक सहयोगसहित रु २५ हजार र युएन ह्याबिट्याटले रू ५० तथा घरधनीको श्रमदान गरी कूल रु एक लाख ५० हजार बराबरको लागतमा घर निर्माण गरिएको हो।

नवनिर्मित ३० मध्ये १९ घर सन्थाल घरपरिवारका रहेका छन्। “अझै पनि धेरै बाढीपीडित घरबारविहीन अवस्थामा छन्”, अध्यक्ष शाहले भन्नुभयो, “अन्य सहयोगी संस्थाहरुसँगको सहकार्यमा उहाँहरुको पनि घर निर्माण गरिनेछ, सहयोगी संस्थाहरुलाई सहकार्य गर्न म आग्रह गर्दछु।”

सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरीले स्थानीय तह र विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा विपन्न घरपरिवारको घर निर्माण गर्दै जाने बताए। सो गाउँपालिकासहित कनकाई नगरपालिका, अर्जुनधारा नगरपालिका, हल्दिबारी र गौरीगञ्ज गाउँपालिकामा सम्बन्धित स्थानीय तह, सहारा नेपाल र युएन ह्याबिट्याटबीचको सहकार्यमा करीब दुई सय घर निर्माण भइरहेको कार्यकारी निर्देशक गिरीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ