arrow

नगरपालिकामा सुचीकृत मेलमिलापकर्तालाई सपथ

logo
सीता डोटेल, 
प्रकाशित २०७५ चैत २१ बिहिबार
rampur-melmilap.jpg

पाल्पा । रामपुर नगरपालिकामा सुचीकृत मेलमिलापकर्ताको सपथ ग्रहण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले गत भदौ ३१देखि असोज ७ गतेसम्म सञ्चालन गरेको मेलमिलाप सम्बन्धी ८ दिने आधारभुत तालिमका सहभागीलाई मेलमिलापकर्ताले निभाउनुपर्ने भुमिकाबारे जानकारी दिँदै रामपुर नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक बिष्णुदेवी घिमिरे आचार्यले सपथ खुवाएकी हुन् । 

सपथ ग्रहण गराउँदै नगर उपप्रमुख घिमिरे आचार्यले न्यायिक समितिको बोझ मेलमिलापकर्ता आएसँगै अब कम हुने आशा लिएको बताइन् । वडामा अगुवा सहजकर्ताको रुपमा मेलमिलापकर्ताको भुमिका रहने बताउदै उनले विवाद रहित सभ्य समाज निर्माणमा मेलमिलापकर्ताको योगदान मुख्य रहनेछ भनिन् ।

सोही अबसरमा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले राज्यको निति कानुनमा रहेर आफुलाई परिस्कृत र परिवर्तन गर्दै तटस्थ, निष्पक्ष रहेर विवादका पक्षहरु बिच जित–जितको अबस्था सिर्जना गराउन सफल हुुनुपर्नेमा जोड दिए ।

रामपुर नगरपालिकाका सचेतक तथा वडा नम्बर ७ का अध्यक्ष तिर्थ प्रसाद पंगेनीले नगरपालिका क्षेत्रलाई विवाद रहित बनाउन सकारात्मक सोचको तालिमको चलाउनुपर्छ भने । त्यस्तै सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष एक बहादुर नेपालीले सामाजिक अबस्था खलबलिन नदिई सफल र सक्षम बनाउन मेलमिलापको भुमिका महत्वपुर्ण हुने औल्याए । 

सुशासन समिति संयोजक तथा वडा नम्बर १ का अध्यक्ष मित्रलाल कडेंलले आउन सक्ने बाधा अड्चनलाई नियमसंगत गर्दै सबैको जित र हितमा मेलमिलापलाई अगिंकार गर्नुपर्ने बताए । सोही सपथ लिनुभएका मेलमिलापकर्ताहरुबाट विष्णु भण्डारी, अर्जुन रेग्मी र डिलमाँया उपाध्यायले बोल्दै आधारभुत तालिमबाट पाएको ज्ञानलाई जनप्रतिनिधिको सहकार्यमा लागु गर्दै विवादको अन्त्य गरि सद्भाव कायम गर्न गराउन सदैव लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

२ दिनसम्म चलेको अभिभुखीकरणमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, ५ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका स्रोतव्यक्ति मिन बहादुर घर्ती मगर, नगरपालिकाका लेखा अधिकृत रेनुराम ज्ञवालीले मेलमिलापको विकास, सिद्धान्त, प्रकार, विवाद  र विवाद समाधानका उपाँय, मेलमिलापकर्तामा हुनुपर्ने धैर्यता लगनशीलता, बोली र व्यवहार एंव मेलमिलापकर्ताले गर्नुपर्ने र गर्नै नहुने काम बारे प्रशिक्षण दिएका थिए । सोही अबसरमा रामपुर नगरपालिकामा हालसम्म सुचीकृत भएका ३३ जना मेलमिलापकर्ताको फोटो सम्पर्क नम्बर सहितको सुची बोर्डको शुभारम्भ गरिएको छ । 

रामपुर नगरपालिका न्यायिक समिति सदस्य बिष्णु प्रसाद बस्यालको स्वागत र योजना सहजकर्ता कपिल खाँणको सञ्चालनमा कार्यक्रम भएको हो ।

कार्यक्रममा मान्यता प्राप्त संस्थाबाट तालिम प्राप्त भई रामपुर नगरपालिकामा सुचीकृत भएका मेलमिलापकर्ता तथा वडाध्यक्ष सहितको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ