arrow

खानेपानीको चरम अभावपछि दार्चुलामा दमकलबाट पानी वितरण

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ चैत २२ शुक्रबार
Darchula-water.jpg

दार्चुला।  दार्चुला सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । गर्मी मौसम सुरु भएसँगै मुहानमा पानी कम हुन थालेपछि सदरमुकाम क्षेत्र खानेपानीको चरम अभाव भएको हो ।

सदरमुकाममा खानेपानीको हाहाकार मच्चिएपछि महाकाली नगरपालिकाले निःशुल्क पानी वितरण गर्न थालेकोे छ । नगरपालिका सदरमुकाममा खानेपानीको चरम अभाव भएपछि स्थानीयलाको सहजताका लागि शुक्रबारदेखि नगरपालिकाले दमकलबाट पानी वितरण गर्न सुरु गरेको हो ।

सदरमुकाम बाट केही किलोमिटर टाढा रहेको धौलीगाड खोलाबाट पानी दमकलमा ल्याई सदरमुकाम क्षेत्रका स्थानीयलाई पानी वितराण गरिँदैछ। खोलाबाट ल्याइएको पानी नगरबासीहरूले लुगा कपडा धुन तथा सरसफाइमा प्रयोग गरिरहेका छन्। साथै उक्त पानी पिउन समेत योग्य रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आफ्नै दमकलमा पानी ल्याई  आफूलाई जति चाहियो त्यति पानी वितरण गरिरहेको महाकाली नगरपालिकाले  जनाएको छ ।

खानेपानीको चरम अभाव भइरहेका बेला सदरमुकामवासीलाई केही सहज होस् भन्ने उद्देश्यले नगरपालिकाको आफ्नै दमकलबाट निःशुल्क रुपमा नगरवासीलाई पानी वितरण गरिरहेको नगरपालिकाका प्रवत्ता एवं वडा नम्बर ४ का अध्यक्ष पुस्कर राज जोशीको भनाइ छ ।

मुहानबाट पानी कम आइरहेकाले खानेपानीको समस्या सिर्जना भएको खलंगा खानेपानी उपभोक्ता समितिकाका अध्यक्ष जयदेव जोशीले बताए । साथै केही ठाउँमा पाइपहरु च्ुाडिएकोले पानी आउनमा समस्या भएको उहाको भनाइ छ ।

जिल्ला सदरमुकाम क्षेत्रमा जनसंख्याको चाप बढ्दै जाँदा यहाँका स्थानीयहरू बेलाबेला खानेपानीको समस्या झेल्दै आइरहेका छन् । सदरमुकामबासी अहिले जिल्ला नजिकको खानेपानीको मूलमा धाउन बाध्य छन्। मूल तथा खोलाको फोहर पानीका लागि समेत लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको यहाँका स्थानीय बताउँछन्। पानीका लागि सदरमुकामबाट टाढा रहेका खोला तथा न्वौलामा गएर पानी ल्याई प्रयोग गरिरहेको सदरमुकाममा डेरा गरी बस्दै आएकी यसोधा धामीले बताइन्।

बिहान क्याम्पस जान हतार हुने भएकाले छिमेकीको घरबाट पानी सापट लिएर खाना पकाउनुपर्ने बाध्यता रहेको सदरमुकाममा कोठा भाडा लिएर बस्ने विद्यार्थी महेश कार्की बताउँछन्। ‘बिहान ६ बजेतिर क्याम्पस जानु पर्छ । कोठामा पानी हुँदैन्। उनले भने, ‘कुनै दिन घरभेटीसँग मागेर खाना पकाएर खाएर जान्छु त कसैले त्यस्तै जान्छु। धारमा पानी नआउँदा म जस्ता विद्यार्थीहरुलाई धेरै नै समस्या भएको छ ।

अहिले दार्चुलाका स्थानीय होटल व्यवसायीलाई समेत पानीको अभाव भइरहेको छ। होटलमा पानी नहुँदा बास बस्न आएका ग्राहक पनि फर्किने गरेको होटल व्यवसायीहरुको भनाइ छ ।

अव्यवस्थीत सहरीकरणको संरचनना विस्तार भैरहेको यो समयमा खानेपानीको दीर्घकालीन उपाय नसोच्ने हो भने भविष्यमा खडेरीको सम्भावना प्रबल रहेने देखीन्छ । खानेपानीको हाहाकार मच्चिएका बेला नगरपालिकाले पानी वितरण गरेपछि यहाँ नागरिकलाई केही राहात भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ