arrow

‘विश्वकर्मा रुम रिलोडेड’ फेसबुक ग्रुपद्धारा दुवै मृगौला पिडित सन्तोषलाई सहयोग हस्तान्तरण

logo
सीता डोटेल, 
प्रकाशित २०७५ चैत २३ शनिबार
help.jpg

पाल्पा । विश्वकर्मा रुम रिलोडेड नामक फेसबुक ग्रुपमा आबद्ध सदस्यहरुले दुवै मृगौला फेल भएका पोखराका एक युवकलाई नगद रकम सहयोग गरेका छन् । 
पछिल्लो समय कुराकानी सँगै रमाइलो र अरुलाई खेदो खन्ने माध्यम बनेको फेसबुक विश्वकर्मा रुम रिलोडेड ग्रुपले भने कमजोर अबस्थाका व्यक्तिलाई आर्थिक सङ्कलन गरि उदारणीय काम गरेका छन् । 

सानै उमेरदेखि मृगौलामा खराखी देखिएकोमा झण्डै २ बर्षअघि  दुवै मृगौला खराब भएका पोखरा २३ ठुलाखेत बस्ने १८ बर्षिय सन्तोष विश्वकर्मा सो ग्रुपमा आबद्ध छन् । सोही ग्रूपका सदस्य पाल्पा रामपुरकी विनिता सुनारको पहल र अग्रसरतामा ग्रूपका सदस्यहरुले चलाएको ‘सन्तोष बचाऊ अभियान’बाट सङ्कलित ७० हजार रुपँया रकम सन्तोषकी आमालाई प्रदान गरिएको सुनारले बताइन् । 

सन्तोष कै घरमा पुगेर ग्रुपमा आबद्ध सदस्यहरले रकम हस्तान्तरण गरेका हुन् । सन्तोषको दुवै मृगौला खराब भएपछि आफ्नै आमाले मृगौला दिनेभएपनि आर्थिक अबस्था कमजोर भएकोले मृगौला प्रत्यारोपण हुन सकेको छैन । 

लामो समयदेखि सन्तोषले डाइलाइसेस गर्दै आएका छन् । सामान्य परिवारका सन्तोष स्वस्थ्य भएर कमाउन सक्ने हुन चाहन्छन् । सन्तोषका परिवारले उनको उपचारका लागि भएको लाखौं रकम सकिएको र आर्थिक अबस्था कमजोर भएकाले नै अप्रेसन गर्न नसकिएको उनकी आमाले बताइन् । 

सहयोग रकम जुट्नु साथ मृगौला प्रत्यारोपण गरि छोरोको सपना पुरा गर्ने उनले बताइन् । उनको स्वास्थ्य उपचारका लागि सहयोग गर्न चाहनेले मेघा बैंकमा ००३६००५००४७४०६ नम्बरको खाता खोलिएको छ जानकारी समेत गराइन् । 

गु्रप खोले सँगै सामाजिक काममा सक्रिय ‘‘विश्वकर्मा रुम रिलोडेड’’ ले हाल बारा र पर्सामा हावाहुरीका कारण भएको धनजनको क्षतिमा सहयोग गर्ने हेतुले सहयोग सङ्कलन अभियान चलाइरहेको छ । आर्थिक सहयोग रकम सङ्कलन अभियानमा साथ दिने सबैमा धन्यवाद दिँदै सुनारले आगामी दिनमा पनि समस्यामा परेकालाई सहयोग र साथ दिन ग्रुपका सबै सदस्यहरु यसैगरि लाग्ने बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ