arrow

मौसम विग्रिएसंगै भुमरी पिडित लगायत स्थानीय त्रसित

logo
मुकेश यादव,
प्रकाशित २०७५ चैत २३ शनिबार
Tent-bara.jpg

बारा। शनिबार विहानै देखि मौसम विग्रिएसंगै भुमरीबाट प्रभावित क्षेत्रका बासिन्दाहरू त्रसित बनेका छन ।मौसम खराबी भई बादलमा कालो, निलो लागेर बारा र पर्साका केही भागहरूमा सामान्य हावाहुरीको परेको असिना र पानीले झन त्रसित बनेका थिए ।

बेलुका तिर प्रभावित क्षेत्रमा हल्का पानी परेसंगै  पुरैनिया, भलुहीभरवलिया,खुट्वा, हर्दिया, प्रशुरामपुर,रमपुर्वा, तेलगांई लगायतका क्षेत्रका पीडितहरु अहिले रातीमा झन त्रसित बनेका छन ।

सुरक्षाकर्मीले निर्माण गरिदिएको टेण्टको अस्थायी टहराले पानी, असिना थेग्न नसक्ने भन्दै पीडितहरु त्रसित र चिन्तित बनेको स्थानीय रूसतम अंसारीले भने राती जोडले पानीपर्न थाल्यो भने कहाँ बस्ने, कहाँ सुत्ने, बालबच्चाहरूलाई कसरी हेरचाह गर्ने सताएको छ ।

सरकारले घर बनाईदिने घोषणा गरेको भएपनी त्यो बनाउन कम्तीमा पनि दुई-तीनमहिना लाग्ने भन्दै पीडितहरुले राती पानीपर्न थाले सुरक्षित हुन कहाँजाने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन। अहिलेपनि पानी पर्ने क्रम नरोकिएकोले भुमरीबाट पिडित बनेकाहरू जाग्रम गरि निराश हुँदै कहिले स्थायी रूपमा बसोबास गर्ने त्रसित भएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ