-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । स्पेनिश फुटबल ला लिगामा बार्सिलोनाले शनिबार रातिको खेलमा एथलेटिको मड्रिडलाई २–० ले हराएको छ ।

घरेलु नोउ क्याम्पमा खेलेको बार्सिलोनाले ८५ औं मिनेटमा पहिलो गोल गरेको थियो । लुइस स्वारेजले पहिलो गोल गरे ।

८६ औं मिनेटमा लियोनल मेस्सीले एक गोल थपे ।

यसअघि २८ औं मिनेटमा डिएगो कोस्टाले रातो कार्ड खाएपछि एथलेटिको १० जनामा समेटिएको थियो । तर बार्सिलोनाले त्यसको फाइदा उठाउन तत्काल सकेन ।

यस्तो छ शनिबार रातिको नतिजा
गिरोना १–२ स्पानियोल
रियाल मड्रिड २–१ आइबार
रायो भएकानो २–० भ्यालेन्सिया

अंक तालिका
बार्सिलोना ३१ खेलबाट ७३ अंक
एथलेटिको मड्रिड ३१ खेलबाट ६२ अंक
रियाल मड्रिड ३१ खेलबाट ६० अंक
गेटाफे ३० खेलबाट ४७ अंक
