arrow

गाउँ गाउँमा प्रमुख प्रतिपक्ष दल

logo
बिजय राई,
प्रकाशित २०७५ चैत २४ आइतबार
nepali-congress-flag.jpg.jpeg

धनकुटा।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस धनकुटाका नेताहरुले सागुरीगढी र चौविसका नेता तथा कार्यकर्ताहरुसंग  राजारानी,भेडेटार र डाडाबजारमा भेटघाट तगा छलफल गरी प्रमुख प्रतिपक्षको भूमिका खरो र दहे रुपमा निर्वाह गने आज  बताएका छन ।

नेपाली कांग्रेस धनकुटाका नेताहरुले सागुरीगढीको भेडेटार,डाडाबजार र चौबिसे गाउपालिकाको राजारानीका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गरी अब प्रमुख प्रतिपक्षी दलले नगरपालिका तथा गाउपालिका र वडाहरुमा सशक्त भूमिका निर्वाह गर्दै शहर  देखी गाउ गाउ सम्म र सदन देखी सडक सम्म प्रमुख प्रमुख प्रतिपक्षी दल भेटिन थालेको र सबैले थाहा पाउन थालेको सन्देश दिनको लागी अभियान संचालन  गरिरहेको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले बताए ।

सागुरीगढीको भेडेटारमा सागुरीगढी  वडा नं.६ भेडेटारका वडाध्यक्ष तथा नेपाली कांग्रेस भेडेटारका सभापति दिपक मगर लगायतका नेता तथा कार्यकर्ताहरुसंग र वडा नं. ५ डाडाबजारमा वडाध्यक्ष तथा पार्टीका नेता पलक वस्नेत लागायत संग र चौविसे गाउपालिका को राजारानीमा नेपाली कांग्रेस राजारानीका सभापति बिजु राई,निर्वाचित वडा सदस्य हर्कमाया राई लगायतका नेता तथा कार्यकर्ताहरुसंग नेपाली कांग्रेस धनकुटका जिल्ला नेताहरुले छलफल तथा भेटघाट  गरी विकास निर्माण र प्रमुख प्रतिपक्षको भूमिका लगायतका विषयमा छलफल गरेका छन ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटका पूर्व सभापति पूर्व सांसद मनोहर नारायण श्रेष्ठ,नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य कमोठ फागो,अम्विका परियार,क्षेत्रिय सभापति जितेन्द्र राई,क्षेत्रिय सचिव खड्ग लिम्बु,कोषाध्यक्ष निरुपा राई,तरुण नेता प्रेम राई,नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष धिरज साङ्म्बो लामा,नेपाली कांग्रेस सागुरीगढी गाउपालिका नेता यम वहादुर मगर लगायतले  त्यस क्षेत्रबा नेता तथा कार्यकर्ताहरुसंग छलफल गर्दै अव नेकपाको सरकारले गरेको जनविरोधी कार्यको जनस्तरबाटै भण्डारफोर गर्नु पर्नेमा जोड दिएका थिए ।

उनले जनताको चाहना र आवाश्यक्ता अनुसार विकास निर्माण संचालन गर्नु पर्ने वताउनु भयो । नेपाली कांग्रेस धनकुटाले अव शहरदेखी गाउ गाउ सम्म पार्टीलाई सशक्त र सक्रिय बनाउन नगर तथ गाउपालिका सम्मेलन गर्ने देखी विभिन्न कार्यक्रमका साथ अभियान संचालन गरिरहेको छ ।

                                                            

 

           

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ