arrow

काठमाडौंमा राति १० बजेसम्म बस चल्ने

logo
प्रकाशित २०७५ चैत २५ सोमबार
kathmandu-mahanagarpalika.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले राति १० बजेसम्म बस चलाउने भएको छ । काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५’ पनि काठमाडौं महानगरपालिकाको नगरसभाले सर्वसम्मतिले स्वीकृत गरेको हो । 

ऐनमा अब महानगरसँग स्वीकृति नलिइकुनै पनि सवारीमा प्रचार सामग्री राख्न पाइने छैन। त्यसैगरी महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारीले कात्तिकदेखि माघ मसान्तसम्म बिहान ५ देखि राती ९ बजेसम्म र बाँकी महिना बिहान ५देखि राती १० बजेसम्म बस सेवा सञ्चालन गर्नुपर्ने छ। 

सहरी यातायात सेवामा सर्वसाधारणको सहज र सुविधाजनक पहुँच सुनिश्चित गर्ने उद्देश्यले ऐन ल्याइएको महानगरपालिकाका प्रवक्ता इश्वरमान ढंगोलले जानकारी दिए। 

वातावरण अनुकुलित प्रविधि जडान भएका यातायातको प्रवर्द्धन गरेर उपभोक्तामुखी, सेवामुखी, सर्वसुलभ, सुरक्षित र भरपर्दो यातायात प्रणाली स्थापना गर्न अपनाइने विधि उक्त ऐनमा समावेश गरिएको छ। 

स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने चार वटा विधेयक स्वीकृत गर्दै काठमाडौं महानगरपालिकाको चौथौं नगरसभा सम्पन्न भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ