arrow

फिन्याण्डका राजदुतले गरे पूर्ण सरसफाई गाउँ घोषणा

logo
शैलेन्द्र रोकाया, 
प्रकाशित २०७५ चैत २५ सोमबार
bajang-ambasder.jpg

बझाङ (थलारा)। सफा चिटिक्क परेका मन्दिर जस्ता घरहरु। लिप्पोत गरि सफा बनाएका आगन। घरको आगनीमा एक छेउमा सौचालय र अगाडी जुठ्यान र भाडा सुकाउने च्याङ्गहरु संगै चिटिक्क मिलाएर राखेका प्लास्टिकका बाल्टिन अनी हात हुन प्रयोग हुने साबुन।

झट्ट हेर्दा कुनै पुजा गर्ने देउता बस्ने घर (देउघर) जस्ता। जिल्लाको थलारा गाउँपालिका–६ सेराला गाउँ र भाटगाउँको एक दृस्यको बर्णन गरिएको हो। भाटगाउँ र सेराला गाउँलाई पूर्ण सरसफाई युक्त गाउँ घोषणा नेपालका लागी फिनल्याण्ड राजदुत सहितको एक टोली  शनिबार यहाँ पुगेको थियो।

२०७० सालमा सरसफाई युक्त गाउँ बनेको सेराला र भाट गाउँलाई पूर्ण सरसफाईका सुचकहरु पुरा गरेपछि नेपालका लागी फिन्याण्डका राजदूत पेर्ती आन्तिनेना्ले एक कार्यक्रमका बिच आईतबार पूर्ण सरसफाई युक्त गाउँ भएको भन्दै घोषणा गरेका छन्।

थलारा गाउँपालिका र ग्रामिण जलश्रोत ब्यबस्थापन परियोजनाले सोराला गाउँ र भाट गाउँलाई पूर्ण सरसफाई युक्त गाउँ बनाउनका लागी गाउँमा खानेपानी निर्माण, जुठ्यान र भाडा सुकाउने च्याङ्गहरुमा आर्थिक सहयोग, बाटो मर्मत र सरफाई सम्बन्धी आधारभुत ज्ञाप सिप दिएको थियो।

यसरी सोराला र भाटगाउँलाई पूर्ण सरसफाई युक्त गाउँ बनाउन लागी एक बर्ष अगाडी देखि सुरु गरिएको भएपनि पूर्ण सरसफाईका सूचकहरु अहिले पुरा गरेपछि यो गाउँ जिल्ला मै पहिलो पटक पूर्ण सरफाई युक्त गाउँ भएको हो। स्थानिय डम्मरराज भट्टराईले भने, पूर्ण सरसफाईका लागीका गाउँपालिकाले बिभिन्न समयमा घरबारी ब्यबस्थापन, गोठेमल ब्यबस्थापन, साबुन पानीले हात धुने तरिका खानपिनको तरिका र ब्यक्तिगत तथा सामुदायिक सरसफाई सम्बन्धी तालिम पछि आफुहरुको ब्याबहार परिबर्तनमा ठूलो राहत पुगेको बताए।

उनले अहिले सबैले पूर्ण सरसफाईका लागी भएका सुचकहरु पूरा गरेको बताउँदै सबै गाउँलेको आानीबानीमा समेत परिबर्तन आएको समेत बताए। 

२०५२ सालमा थलारा क्षेत्रमा लागु भएको उदय हिमाल नेटवर्क कार्यक्रमले पनि यस बस्तीलाई सरसफाईका क्षेत्रमा राम्रो काम गरेको भन्दै पुरस्कार दिनुका साथै सम्मान समेत गरेको थियो। ६५ परिबारले बसोबास गर्दै आएका सेराला गाउँ र भाटगाँउका सबै घरहरुमा सौचालय, खानेपानी, जुठ्यान र भाडा सुकाउने च्याङ्ग, फोहोर फाल्ने खाल्डा समेत निर्माण गरिएका छन्।

यसका साथै प्रत्यके परिबारले गाउँलाई सफा सुन्दर बातावरण बनाउनका लागी प्रतिपरिबार ५-५ वटा अनारका बोलहरु समेत रोपेका छन्। गाउँकै आगनीमा सिचाई सुबिधा भएको खेतीयोग्य भुमी ( जिउलो )ले गाउँको थप शोभा बढाउनका साथै तरकारी पकेट क्षेत्र समेत निर्धारण गरि कार्यक्रम लागु गरेको छ।

गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले भने, यस गाउँलाई गाउँपालिका कै नमुना गाउँ बनाउने योजना रहेको छ। उनले भने, गाउँलेहरुको सकृयताले यस गाउँलाई पूर्ण सरसफाई युक्त बनाउनका साथै तरकारीका लागी पकेट क्षेत्र समेत बनाएका हौँ। थलारा गाँउपालिको सुन्दर तथा मिलेको सेरालागाउँ र भाटगाउँका मानिसहरु पहिले देखि नै सरसफाईमा अब्बल भएको समेत अध्यक्ष उपाध्यायको भनाई छ।

नेपालका लागी फिनल्याण्डका राजदुत पेर्ती आन्तिनेना्ले ग्रामिण जलश्रोत ब्यबस्थापन परियोजनाले निर्माण गरेको भंक खानेपानीको समेत उद्घाटन गरेका छन्। पूर्ण सरसफाई घोषणा गर्न नेपालका लागी फिनल्याण्डका राजदुत पेर्ती आन्तिनेना् उनकी धर्मपत्नी कर्टिना आन्तिनेना, फिनल्याण्ड राजदुताबासका बिषेस सल्लाहकार डा. चुडामणि जोशी, ग्रामिण जलश्रोत ब्यबस्थान परियोजनाका राष्ट्रिय टिम लिडर लगायत आएका हुन्। 

Image may contain: mountain, sky, outdoor and nature

Image may contain: house, plant, tree and outdoor

Image may contain: outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ